Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिंसा न्यूनीकरणका लागि सहायता आवश्यकता

Published on 12:14:00 PM //

लैङ्गिक हिंसा न्यूनीकरणका लागि स्थानीय कानुन र सहायताको आवश्यकता रहेको गुल्मी जिल्लामा क्रियाशील महिला अधिकारकर्मीहरूले एक कार्यक्रमका बीच जोड दिएका छन् ।


महिला विकास कार्यालय गुल्मीले सदरमुकाम तम्घासमा आयोजना गरेको लैङ्गिक हिंसा विरुद्ध सरल न्याय निरुपण विषयक कार्यक्रममा यस्तो बताएका हुन् ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल स्थानीय विकास अधिकारी दीपेन्द्रराज पौडेल, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव उपरीक्षक पदम प्रसाद सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

कार्यक्रमा उपस्थितहरूले महिला हिंसा निरूपणमा सबैले आ–आफनो क्षेत्रबाट सहयोग गर्ने बताएका थिए । कार्यक्रम प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको अध्यक्षता र महिला विकास कार्यालयकी सीता पोख्रेलको संचालनमा सम्पन्न भएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग