Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तुलादानको रकम अपाङ्ग केन्द्रलाई

Published on 1:07:00 AM //

 सीता भण्डारी

गुल्मीको तम्घास गाविस ३ धागिथुम निवासी एक समाज सेवीले आफ्नो तुलादानको रकमको २५ प्रतिशत रकम आशा अपाङ्ग केन्द्रलाई उपलव्ध गराउने घोषणा गर्नु भएको छ ।
जिल्लामा लामो समयदेखि अपाङ्गको क्षेत्रमा काम गर्दै आई रहेको आशा अपाङ्ग केन्द्रले उल्लेखनीय काम गरेको र आउँदा दिनहरुमा पनि अझ प्रोत्साहन मिलोस भन्दै तम्घास गाविस धागिथुम निवासी वलवहादुर थापाले हिजो आफ्नो चौरासी पुजाको अवशरमा गरेको तुलादानको २५ प्रतिशत रकम उक्त संस्थालाई उपलव्ध गराउने घोषणा गर्नु भएको हो ।
थापाले गत दुइ वर्षअघि पनि उक्त संस्थालाई भवन निर्माणको लागि एक रोपनि जग्गा निशुल्क रुपमा उपलव्ध गराउनु भएको थियो । थापाले गरेको उक्त सहयोगले आफुहरुलाई अपाङ्गको क्षेत्रमा काम गर्न अझ प्रोत्साहन मिलेको आशा अपाङ्ग केन्द्रकि उपाध्यक्ष गंगा रायमाझीले वताउनु भयो । चौरासि पुजाको अवशरमा आफ्नो तुलादानको रकम यसरी संस्थालाई उपलव्ध गराउने घोषणा गरेको गुल्मीमा यो पहिलो हो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग