Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा यामाहाको आधिकारीक विक्रेता

Published on 5:09:00 PM //

घनश्याम गौतम
मोटरसाईकलको विक्रि बढ्दै गएपछि यामाहा कम्पनीले तम्घासमा अधिकृत बिक्रेता सहित स्वरुम संचालनमा ल्याएको छ ।
तम्घासको उदिन्ढुङ्गामा न्यू लुम्बिनी मोटर पार्टसले मंगलबार देखि विक्रि शुरु गरेको हो । यस अघि जिल्लामा अधिकृत विक्रेता नहुँदा ग्राहकहरुले बुटवलबाट मोटरसाईकल खरिद गर्नुपर्ने बाध्यता थियो । तम्घासको विक्रेताबाट मोटरसाईकल खरिद विक्रिसंगै यामाहा कम्पनीका सबै मोटरसाईकलको मर्मत सुविधा समेत उपलब्ध गराईने यामाहाका अधिकृत विक्रेता बाबुराम कँडेलले बताए । स्वरुम उद्घाटनका अवसरमा नगद पाँच हजार रुपैंया छुट दिएपछि मंगलबार स्वरुममा भिड लागेको थियो । एकै दिनमा १४ मोटरसाईकल विक्रि भएको कँडेलले बताए । स्वरुमको प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले उद्घाटन गरेका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग