Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तम्घासमा फागुनमा पर्यटन महोत्सव

Published on 5:33:00 PM //

घनश्याम गौतम
पर्यटन वर्षलाई लक्षित गर्दै गुल्मीको एक गैर सरकारी संस्थाले सांस्कृतिक पर्यटन महोत्सव गर्ने भएको छ ।
मंगलबार तम्घासमा पत्रकार सम्मेलन गरी समाज विकास, पर्यटन पर्ब्रद्दन तथा वातावरण संरक्षण केन्द्र, नेपाल नामक संस्थाले फागनु तेस्रो साता तिन दिने महोत्सव गर्न लागिएको जानकारी गराएको हो । फागनु १९ देखि २१ सम्म तम्घासको चिदिचौरमा संचालन हुने महोत्सवमा जिल्लाको ऐतिहासिक, प्राकृतिक, पुरातात्विक र धार्मिक क्षेत्रहरुको प्रचार प्रसार गर्नु महोत्सवको प्रमुख उद्देश्य हो । त्यस्तै महोत्सवमा जातिय पहिचानका भेषभुषा, स्थानीय उत्पादन, यहाँका जैविक विविधताको पहिचान एवं संरक्षण, सांस्कृतिक कार्यक्रम, लगायत पनि प्रदर्शन हुनेछन् ।
सरकारले सन् २०११ मा १० लाख पर्यटक भित्र्याउन लागेको अवसरमा ति मध्ये १० हजार मात्र भएपनि गुल्मीका पर्यटकिय स्थलहरुमा भित्र्याउने
लक्ष्यका साथ महोत्सव आयोजना गर्न गरिएको केन्द्रका अध्यक्ष अशोक थापाले बताए । त्यस्तै तिन दिने महोत्सवले जिल्लाका प्रमुख गन्तब्य पहिचान गरेर होम स्टेका रुपमा केही गाउँहरुलाई विकास गर्ने समेत पत्रकार सम्मेलनमा जानकारी गराईएको थियो । ‘त्यसका लागि महोत्सव शुरु हुन अगाडी नै गाउँहरु पहिचान गरी विकास गरिने छ ।’, अध्यक्ष थापाले भने ।
महोत्सवमा लाग्ने खर्चका लागि बृहत भेला गरेर मुल आयोजक समिति गठन गरी विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाहरुबाट सहयोग संकलन शुरु गरिने समेत आयोजक संस्थाले जनाएको छ । महोत्सव सम्पन्न गर्न १० लाख खर्च अनुमान गरेको समितिका सदस्य बुद्धिबहादुर घर्तीले बताए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग