Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सार्बननिक सुनुवाई कार्यक्रम सम्पन्न

Published on 12:06:00 AM //

भरत पाण्डेय
जिल्ला प्रशासन कार्यलय गुल्मी र जिल्ला विकास समितीको संयुक्त आयोजनामा गुल्मीको सदरमुकाम तम्घासमा सार्बजनिक सुनुवाई कार्यक्रमको आयोजना गरियो ।
मंगलबार आयोजना  गरिएको सार्बजनिक सुनुवाई कार्यक्रममा गुल्मी जिल्लामा गरिएको बढ्दो जग्गा अतिक्रमणका विषयमा सहभागीहरुले प्रश्न उठाएका थिए । गुल्मी जिल्लाका सरकारी कार्यलयका प्रमुख र पत्रकारहरुको मात्र सहभागीता रहेको कार्यक्रममा कार्यलय प्रमुखहरु कार्यलय समयमा कार्यलयमा उपस्थीत नहुँदा सेवाग्राहीहरु मर्कामा परेको पत्रकारहरुले गुनासो गरेका थिए । उनिहरुले कार्यप्रमुखहरु प्राय: कार्यलयमा भन्दा पनि कार्यक्रममा बढी सहभागी हुने गरेका कारण कामका लागी सदरमुकाम तम्घासमा आउने सर्बसाधरणहरुले दुख पाउनु परेको बताएका थिए ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग