Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमतिको हत्यारालाई र्पुपक्षका लागि जेल चलान

Published on 5:01:00 PM //

 केही दिन अघि श्रीमति कुटेर मारेको कसुरमा प्रहरी हिरासतमा रहेका गुल्मीका एक व्याक्तिलाई जेल चलान गरिएको छ । 
गत कार्तिक २२ गते राती श्रीमति हरीकला कुमाललाई कुटेर मारेको कसुरमा जिल्ला प्रहरी कार्यालय गुल्मीवाट पक्राउ परेका वडागाउँ गाविस वार्ड न १ दोभान निवासी ४० वर्षीय गोकुल कुमाल मुद्दा पुर्पक्षका लागि जिल्ला कारागार गुल्मीमा चलान भएका हुन् । 


९ महिनाको काखे वालक सहित तीन छोरा छोरीकी आमा हरीकलालाई उक्त दिन साँझ माईतीवाटै कुटपिट् गर्दै घर लगेको र अर्को दिन उनको शवको प्रकॄति हेर्दा पनि कुटेर मृत्यु भएको आशंकामा माईती पक्षहरुले प्रहरीसमक्ष निवेदन दिएका थिए । 


कसुरदार गोकुलले नियतवस श्रीमतिको ज्यान मारेको नभई मदिरा सेवन गरेको वेला आवेशमा आई श्रीमति हरीकलालाई आफुले कुटेको वयान दिएको जिल्ला अदालत गुल्मीले जनाएको छ । 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग