Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

चोरी गरेको अभियोगमा पक्राउ

Published on 11:33:00 PM //

केही दिनअघि गुल्मीको ग्वांदी गाविसमा सञ्चालित सहकारी संस्थामा चोरी गरेको अभियोगमा संस्थाकै पदाधिकारीहरू पक्राउ परेका छन् ।


गत मंसिर १० गते शुक्रबार राती ग्वांदी गाविस वडा नं. २ मा सञ्चालित जनचेतना सहकारी संस्थाबाट २ लाख ६५ हजार ६ सय दस रुपैयाँ चोरी भएको थियो । सो रकम चोरी गर्ने आशंकामा प्रहरीको अनुसन्धानका क्रममा सोही सहकारी संस्थाका सचिव लाल बहादुर राना, कोषाध्यक्ष भीम बहादुर लामिछाने, साधारण सदस्य रिम बहादुर लामिछाने र एक सर्वसाधारण किसन पाण्डेयलाई रिडी इलाका प्रहरी कार्यालय गुल्मीबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको थियो । प्रहरीले चोरी भएको उक्त रकम ती व्याक्तिबाट बरामद गरेको छ भने पक्राउ परेका मध्ये कोषाध्यक्ष भीम बहादुर लामिछानेलाई अनुसन्धानपछि छोडिएको बताइएको छ ।


0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग