Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महिला हिंसा अन्त्यका लागी चेतनाको विकास गर्नुपर्ने: सहभागी

Published on 2:32:00 AM //

गगनशिला खड्का
महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीको आयोजनामा महिला हिंसा विरुद्धको १६ दिवशिय अभियान अन्र्तगत गुल्मी जिल्लामा क्रियाशिल सरोकारवालारुका लागी एकदिने अन्र्तक्रिया कार्यक्रम तम्घासमा सम्पन्न भएको छ ।
महिला माथी हुने हिंसा अन्त्यका लागी "सैनिकीकरणको अन्त्यः सैनिकीकरणको अन्त्यका लागी समयभित्र लोकतान्त्रीक संविधान" विषयक अन्र्तक्रिया कार्यक्रममा महिला मानब अधिकार रक्षक सञ्जाल गुल्मीका अध्यक्ष सिता भुषालले अवधारणा पत्र पढेर सुनाउनुभएको थियो । अवधारणा पत्र माथी नेकपा एमाले गुल्मीका प्रचार—प्रसार विभाग प्रमुख शेषकान्त गौतम,एकिकृत नेकपा माओबादीका राज्य समिती सचिवालय सदस्य युवराज के.सी, नागरिक समाज गुल्मीका अध्यक्ष पदम प्रसाद पाण्डेय,गैरसरकारी संस्था महासंघ गुल्मीका अध्यक्ष विष्णु प्रसाद भण्डारी लगाएतले महिला हिंसा न्युनीकरणका लागी सबैभन्दा पहिले चेतनाको विकास हुनुपर्ने बताउनुभयो । साथै उहाँहरुले महिलामाथी हुने हिंसा अन्त्यका लागी सैनिकरणको अन्त्य विषयक अबधारणामा आफुहरुको सहमती रहेको पनि बताउनुभयो । करीब ६० जनाको सहभागीता रहेको कार्यक्रममा साहयक प्रमुख जिल्ल्ला अधिकारी जगदिशचन्द्र नेपाली, जिल्ला प्रहरी कार्यलयका प्रहरी नायब उपरीक्षक पदम प्रसाद सुबेदी लगाएतको उपस्थीती रहेको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग