Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

प्रगती समिक्षा बैठक सम्पन्न

Published on 10:08:00 AM //

कमल पौडेल
दगातुम्डाडा गा.वि.स. को आयोजनामा आर्थिक वर्ष २०६७/६८ को आय व्यय, योजनाहरुको प्रगति समिक्षा वैठक खर्वाङ, वाग्लुङमा सम्पन्न भएको छ ।
दगातुम्डाडा भित्रका राजनितिक दल, सरकारी तथा गैरसरकारी संघ संस्थाका प्रतिनिधिहरुको सहभागीता रहेको वैठकमा पुँजिगत खर्च तर्फ १५ लाख ८४ हजार ६ सय २५ तथा आन्तरिक खर्च तर्फ ६२ हजार ८ सय अठासी रुपयाँ वरावरको खर्च सार्वजनिक गरीयको थियो । वैठकले स्थानिय शान्ति समितिको पुनर्गठन गरेको छ । जसको संयोजक मा गोकुल गीरी, सदस्यहरुमा विष्णु भुसाल, भिमलाल पोखरेल, नारायण धिताल, कृष्णकली पाठक, राधा थापा, कृष्ण दर्जि, रुद्र थापा, र सदस्य सचिवमा उदयनन्द पोखरेल रहनुभएको छ । वैठकले सामाजीक सुरक्षा भत्ताको लागत संकलन गर्ने, दलित वच्चाको जन्म दर्ता गराउने, वल्गाखोला खानेपानी योजना लाई अगाडि वढाउने लगाएतका निर्णय गरेको  छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग