Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

सौतामाथि आउने डेढ महिनाकी सुत्केरी जेल चलान

Published on 7:20:00 PM //

 पी.एम.मगर
सौतामाथि वैवाहिक सम्वन्ध स्थापित गर्ने गुल्मी हस्तीचौरकि करीव डेढ महिनाकी एक सुत्केरी महिला वहुविवाहको अभियोगमा वुधवार जेल चलान भएकी छन् ।
हस्तीचौर वाड नं ६ निवासी अन्दाजी२४ वर्षीया विष्णु दर्जी नेपाली वहुविवाहको अभियोगमा जेल चलान भएकि हुन् । उनले हस्तीचौर वाड नं ६ निवासी नारायणसिँह नेपाली सँग दोस्रो श्रीमतिको रुपमा वैवाहिक सम्वन्ध स्थापित गरेपछि नेपालीकी जेठी श्रीमति कमला दर्जीी नेपालीले वहुविवाहको मुद्वा दिएकि थिईन् । मुद्वामा जिल्ल अदालत गुल्मीले गत जेष्ठ महिनामा कान्छी श्रीमति विष्णुलाई एक वर्षको जेल सजायको फैसला गरेपनि हालसम्म उनी फरार रहेकि थिईन् । उनलाई वुधवार जिल्ला प्रहरी कार्यालय गुल्मीले पक्राउगरी अदालतमा वुझाएपछि अदालतले उनलाई ११ महिना २० दिन कैद सजायँको फैसला गरी जेल चलानका आदेश दिएको छ । विष्णुका श्रीमान भने रोजगारिको शिलशिलामा विदेशमा रहेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग