Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मनोमानी गरेको भन्दै विरोध

Published on 2:48:00 PM //

 सीता भण्डारी

जिल्ला विकास समिति गुल्मीले गाविसहरुमा पुगेर न्युनतम शर्त मापन गर्ने मुल्याङ्ककर्ताहरुको छनौट मनोमानी र पुवाग्रही ढङ्गले गरेको भन्दै आज निजामती कर्मचारीहरुको ३ वटा संगठनहरुले उक्त छनौट प्रकृयाको पुनमुल्याङ्कन गर्न माग गरेका छन् ।

ही मंसिर १३ गते स्थानीय विकास अधिकारीको नेतृत्वमा गाविसहरुमा परेको रकम परिचालनमा गाविसले पालना गर्ने न्युनतम शर्त मापन कार्यका लागि २० जना मुल्याङ्कनकर्ताहरु छनौट गरेको थियो । छनौट प्रकृया मनोमानी र पुर्वाग्रही भएको आरोप लगाउँदै नेपाल निजामती कर्मचारी युनियनका पिताम्वर पन्थी, नेपाल निजामति कर्मचारी संगठनका अध्यक्ष लोकनाथ मरासिनी र नेपाल राष्ट्रिय कर्मचारी महासंघ गुल्मीका अध्यक्ष हरीलाल अर्यालद्धारा संयुक्त हस्ताक्षरीत निवेदनमा उक्त निर्णयप्रति आपत्ती प्रकट गर्दै यथाशिर्घ पुन:मुल्याङ्कन गर्न माग गरिएको छ ।
यदी आफुहरुको मागप्रति कुनै सुनुवाई नभए सशक्त आन्दोलनमा उत्रिने चेतावनी दिएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग