Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

आइरन गरेर जिविका

Published on 1:02:00 PM //

कृष्ण खनाल
लुम्बिनीबाट करिव ३० वर्ष पहिले बुटवलमा आएका वालकेशर धवल अहिले आफ्नो पुख्र्यौली पेशा कपडामा इस्त्री (आईरन) लगाउने काम गर्दछन् । 

बुटवलमा आएर उनले आफ्नो पुख्र्यौली पेसा कपडामा इस्त्री लगाउने काम गर्ने थालेको बताउँछन । पसल संचालन गर्ने र आवासको लगि सटर र कोठा भाडामा लिएर उनले सो पेसा गर्ने थालेको बताए । उनले ग्राहकका कपडामा इस्त्री (आइरन) गर्न थालेको करिव २० वर्ष जति भयो । धेरैजसो मानिसरु वैदेशिक रोजगारमा र अन्य पेसा र व्यवसायमा लागरिहेको बेला उनले भने सो पेसा रोजेको बताए । उनले आफ्ना आमा बाबुले गर्ने गरेको पेसाबाट सिकेर आफूले सोही पेसा गरेको समेत जानाकारी दिए । उनको पसलमा अहिले  ग्राहकका आईरन लगाउने धैरै कपडाले र्‍याक र टेवल भरिएको छ । बिहानदेखि रातिसम्म उनले कपडामा आईरन लगाउँछन् । ग्राहकको कपडामा इस्त्री लगाउन उनलाई कहिलेकाही खानको फुर्सद नै नहुने उनको भनाइ छ । उनी भन्छन्य-"यस पेसाले मलाई राम्रोसँग दैनिक जिवन यापनमा सहयोग गरेको छ, आर्थिक रुपमा कुनै समस्या छैन ।" उनले सो व्यवसायबाट दैनिक रुपमा ४ देखि  ५ सय रुपैयाँसम्म आम्दानी हुने बताए । व्यवसाय सुरु गर्दा सुरुमा उनले लगानी करिव पचास हजार जति लाग्ने बताए । 

सोहि व्यवसायबाटै उनले घर परिवारमा आफ्ना आमा, श्रीमती २ वटा छोरा र एक  भान्जालाई सजिलैसँग पालेका छन् । उनले भने- "सोहि पेसाले मैले छोराहरु र भान्जालाई निजी स्कुलमा पढाएको छु ।" उनका  छोराहरुले अहिले बुटवलमा रहेको स्कलर्स होम स्कुलमा जेठो छोराले कक्षा ६ र कान्छो छोरा कक्षा ३ मा पढ्ने गरेका छन् । उनले विद्यालयमा पढाउनका लागि छोराहरुको मासिक शुल्क र विद्यालय ड्रेस (पोसाक) को खर्चको लागि सोही पेसाले धानेको छ । 

दैनिक जिविकोपार्जनका लागि अहिले उनको जिवनमा कुनै किसिमको आर्थिक समस्या नभएको बताए । व्यवसाय सानो या ठूलो नहुने भन्दै उनले आफ्नो व्यवसायमा सफल हुन पेसालाई निरन्तरता दिनुपर्ने कुरामा जोड दिए । यसरी राम्रोसँग खटेर आफ्नै स्वदेशमा काम गर्ने हो भने दैनिक जिविकोपार्जनको लागि कसो सहयोग नपुग्ला र ? 

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग