Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

श्रीमानको हत्या पछि परिबारको विचल्ली

Published on 8:02:00 PM //

 गगनशिला खड्का
केही महिना अघि अज्ञात समुहद्धारा भारतको दिल्लीमा हत्या गरिएका गुल्मीका एक व्यक्तिको हत्यारालाई न त भारत सरकारले हाल सम्म पक्राउ गर्न सकेको छ, न त उनले काम गर्ने कम्पनीवाट उनका परिवारजनलाई क्षतिपूर्ति दिलाउने तर्फ पहल गरेको छ ।
भारतकै चौथौ ठूलो र प्रतिष्ठित बताइने दिल्लीको मालवियानगर स्थित सागररत्न प्याराडिस नामक होटेलमा पाचँ वर्ष देखि वेटरमा काम गर्ने गुल्मी, अर्जे गाविस वार्ड नं. ५ निवासी २२ वर्षीय यमचन्द्र अर्याल (रामु) गत जेष्ठ २ गते राती करिव २ बजे सोही स्थानको इन्दिरा गान्धी पार्कमा मृत अवस्थामा फेला परेका थिए । दिल्ली प्रहरीले उनको हत्या भएको र हत्यारालाई पक्राउ गर्ने तथा उक्त होटलवाट क्षतीपूर्ति दिलाइदिने आश्वासन दिदै मृतकका दाजु चुरामणी अर्याललाई झिकाएर शव वुझ्न बाध्य पारिएपनि हालसम्म हत्यारा पक्राउ गर्ने तर्फ त्यहाँको प्रहरीले चासो नदेखाएको मृतककी श्रीमती हुमकली अर्यालले गुनासो गर्नुभयो । त्यसपछि पनि दुई तीन पटक पुगियो, तर त्यहाँको प्रहरीले भाईको मृत्यू पशुतुल्य मृत्यु जस्तै सम्झेर बेवास्ता गरेको दाजु चुरामणीले गुनासो गर्नुभयो । 
भारतका ठूल्ठूला शहरभरी फैलिएको उक्त होटेल कर्मचारीहरुलाई बोनस लगायत विभिन्न शिर्षकमा रकम दिने गरे पनि होटेल बाहिर मृत्यु हुने व्यक्तिलाई कुनै क्षतिपूर्ति नदिइने भन्दै टारेको मृतकका दाजु चुरामणीले बताए । उता अन्य कट्टीमट्टी रकम लिनका लागि खाता खोल्न लगाए पनि हालसम्म सो रकम समेत दिने चेष्टा नगरेकोपनि अर्यालले बताए । शव वुझ्ने वेलामा मृतक भाइको शरिर भरी चोटैचोट र नाक समेत भाचीएको अर्यालले बताए । “आवतजावत गर्दैमा ऋणले तुम्म भए अव त साथमा सदरमुकाम पुगेर उजुरी दिने अवस्था पनि छैन” भन्दै मृतककी श्रीमती हुमकलीले जिल्ला प्रशासन कार्यालय गुल्मीमा निवेदन दिई नेपाल सरकार समक्ष भारत सरकारलाई श्रीमानको हत्यारा खोजी गर्न र सो होटेलवाट क्षतिपूर्ति एंव वाँकी पाउनुपने रकमका लागि पहल गरिदिन आग्रह गरेकी छिन । 
विवाह गरेको १६ दिन मात्र संगै वसेका ती दम्पत्तीको काखमा दुई महिनाको एक छोरा छँदा अर्यालको दिल्लीमा त्यसरी हत्या भएको खवर प्राप्त भएको थियो । घरमा तीन महिना पनि खान नपुग्ने हुमकलीको वस्ने वास समेत चुहिने र पानी आउँदा अरुको घरमा गएर वस्नुपर्ने अवस्था छ । आफुले भोगीरहेको यस्तो विचल्ली प्रति नेपाल सरकार एवं सवै पक्षले उपकार गरिदिन उहाँले आग्रह समेत गर्नुभयो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग