Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गुल्मीमा पहिलो महोत्सव हुने

Published on 3:01:00 AM //

सीता भण्डारी

सरकारले सन २०११ लाई पर्यटन वर्षो रुपमा मनाउन गरेको निर्णय अनुसार त्यसलाई थप टेवा पुराउने उद्देश्यले गुल्मी जिल्लामा पनि पहिलो पटक गुल्मी महोत्सवको आयोजना गरिने भएको छ ।
गुल्मी जिल्लाको पर्यटकिय स्थल, धार्मिक, ऐतिहासिक तथा साँस्कृतिक महत्वलाई राष्ट्रिय तथा अर्न्तराष्ट्रिय स्तरमा प्रचार प्रसार गर्ने र आन्तरिक तथा वाह्य पर्यटकहरुलाई जिल्लामा भित्राउने उद्देश्यले आउँदो वैशाखको पहिलो साता सदरमुकाम तम्घासमा उक्त महोत्सव आयोजना गर्न लागिएको हो ।
गुल्मी उद्योग वाणिज्य संघको आयोजनामा आज सदरमुकाम तम्घासमा आयोजीत भेलामा जिल्लाका सम्पूर्ण राजनितिक दलका प्रतिनिधि, सरकारी तथा गैह्र सरकारी संघ संस्थाका प्रतिनिधि एवं उद्योगि तथा व्यापारीहरुको भेलाले महोत्सवकोलागि आफुहरुले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नु भएको थियो ।
भेलामा गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद भण्डारीले महोत्सव आयोजना गर्नको लागि न्यूनतम रुपमा पनि ४३ लाख रुपैंयाँ खर्च लाग्ने भन्दै उक्त खर्च जुटाउन सवैले आआफ्नो क्षेत्रवाट पहल गर्नु पर्ने वताउनु भएको थियो । गुल्मी जिल्लामा पहिलो पटक संचालन हुन लागेको महोत्सवलाई नमूना योग्य वनाउनकालागि गुल्मी उद्योग वाणिज्य संघले चाँडै नै एउटा वृहद भेला वोलाएर महोत्सव मूल समारोह समिति र उपसमितिहरुको गठन गरेर कामको जिम्मेवारी वाँडफाँड गर्ने वताईएको छ । भेलामा गुल्मीका ७९ वटै गाविसमा प्रचार प्रसार गरी त्यहाँ रहेका महत्वुर्ण वस्तु तथा सामाग्रीहरुलाई महोत्सवमा राखिने जनाईएको छ ।
गुल्मी उद्योग वाणिज्य संघको आयोजना र जिल्ला विकास समिति गुल्मीको सह आयोजनामा गुल्मी महोत्सव गर्न लागि लागिएको हो । गुल्मी उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णप्रसाद भण्डारकिो अध्यक्षता र महासचिव कृष्णप्रसाद पोखरेलको सञ्चालनमा सम्पन्न भएको उक्त कार्यक्रममा प्रमुख जिल्ला अधिकारी परशुराम अर्याल, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल, नेपाली काँग्रेसका महासमिति सदस्य भुवन श्रेष्ठ, नेकपा एमालेका उपाध्यक्ष मधुकृष्ण पन्त, गुल्मी उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, क्याम्पस प्रमुख दीन पन्थी, रेसुङ्गा संरक्षण समितिका उपाध्यक्ष युवराज भण्डारी, महिला विकास अधिकृत जमुना पौडेल लगायतका व्याक्तिहरुले महोत्सव सफल्ताको लागी आ-आफ्नो धारणा राख्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग