Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

निर्माण दिवश मनाइयो

Published on 11:37:00 AM //

गगनशिला खड्का
१३ औँ राष्ट्रीय निर्माण दिबशको अवसरमा हिजो गुल्मी जिल्लामा पनि निर्माण व्यवसायी संघ तम्घास गुल्मीको आयोजनामा “गुणस्तरीय निर्माणको प्रतिबद्धता, राष्ट्रनिर्माणमा हाम्रो सहभागीता” भन्ने नाराका साथ मनाइएको छ ।
सदरमुकाम तम्घासमा आयोजना गरिएको कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी जगदिशचन्द्र नेपाली, स्थानीय विकास अधिकारी दिपेन्द्रराज पौडेल,एकिकृत नेकपा माओबादी गुल्मीका जिल्ला सेक्रेटरी जितजंग, नेकपा एमाले जिल्ला कमिटी गुल्मीका सचिब सोमनाथ सापकोटा, नेपाली काँग्रेशका विष्णु वलाल, राष्ट्रीय जनमोर्चा गुल्मीका अध्यक्ष जिवन राना,निर्माण व्यवसायी महाँसघ गुल्मीका सल्लाहाकार विष्णु पन्थी लगाएतले शुभकामना मन्तव्य व्याक्त गर्नुभएको थियो । कार्यक्रममा कार्यक्रमका प्रमुख अतिथी निर्माण व्यवसायी महाँसंघ पश्मिाञ्चल उपाध्यक्ष बालसिंह काउछाले गुल्मी जिल्लामा वाहिरबाट ल्याइएका डोजरका कारण निर्माण व्यवसायी संघले राम्रो संग काम गर्न नसकेको बताउनुभयो । कार्यक्रम निर्माण व्यवसायी संघ गुल्मीका अध्यक्ष हरी प्रसाद न्यापानेको सभापतीत्व र नारायण पोख्रेलको सञ्चालनमा सम्पन्न भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग