Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिल्ला कारागार अनुगमन

Published on 6:26:00 PM //

नरेश कुमार भण्डारी
 महिला हिंसाविरुद्धको १६ दिने अभियानअन्तर्गत ०६७ मङ्सिर २१ गते जिल्लामा कार्यरत बिभिन्न मानवाधिकारबादी संघ-सँस्थाहरुले जिल्ला कारागारको अनुगमन गरेका छन ।
अभियानअन्तर्गत अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) जिल्ला कार्यालय गुल्मी, मानवअधिकार एलाइन्स, मानवअधिकार सचेतन संस्था नेपाल, गुल्मी विकास केन्द्र र महिला मानवअधिकार रक्षक संञ्जाल गुल्मीको तर्फबाट गुल्मी जिल्लामा रहेको कारागार शाखा अनुगमन गरिएको हो ।

कारागार शाखामा रहेका बन्दीहरुका समस्या र समाधानका उपाय बुझ्ने उद्देश्यले सम्पन्न कार्यक्रममा बन्दिहरूका लागि खेलकुद तथा अध्ययन सामग्रीहरू वितरण गरियो ।

सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम अर्यालको विषेश उपस्थिति रहेको कार्यक्रममा अधिकारकर्मी संस्थाहरुको तर्फबाट इन्सेक जिल्ला संयोजक यज्ञप्रसाद भुसालले बन्दीहरूका लागि निमित्त जेलर गोपाल पाण्डेमार्फत् अध्ययन तथा खेलकुद सामग्री हस्तान्तरण गरे भने गुल्मी विकास केन्द्रको तर्फबाट अमृता कुँवर र हरिकुमार श्रेष्ठले खेलकुद सामाग्री हस्तान्तरण गरे ।

पाँच जना महिला र २० जना पुरुष गरी जम्मा २५ जनाको क्षमता रहेको कारागार शाखा गुल्मीमा नौ जना महिला र ४९ जना पुरुष गरी जम्मा ५८ जना बन्दी तथा थुनुवा रहेका छन् । यीमध्ये छ जना महिला र २० जना पुरुष गरी जम्मा २६ जना थुनुवा रहेका छन् भने एक जना नाबालक पनि छन् । कारागारको भौतिक अवस्था पहिलेको तुलनामा केही सुधार भएको भए पनि क्षमताभन्दा बढी कैदी तथा थुनुवा हुँदा आवासमा समस्या रहेको छ ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग