Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गणतान्त्रिक गाउँ परिषदको बजेट विनियोजन

Published on 3:50:00 PM //

खड्गबिर थापा मगर 
ठूलो लुम्पेक गाविस गणतान्त्रिक गाउँ परिषदको तेश्रो बैठकले ६ दल र स्थानीय गैर सरकारी संस्थाका प्रतिनिधिहरुको सहभागीतामा आव २०६७/६८ र २०६८/६९ को बजेट विनियोजन गरेको छ। 

२०६७ पौष ३ गते गाविस सचिव टंकप्रसाद पन्थीको अध्यक्षतामा बसेको परिषदले आव २०६७/६८ र २०६८/६९ को बजेट विनियोजन गरेको हो।

यस वर्षको परिषदमा गत सालहरुभन्दा समावेशी सहभागिता भएको थियो । गाविसमा भएका ६ वटा दलहरुमा एनेकपा माओवादी, नेपाली कांग्रेस, नेकपा एमाले, राजमो, नेकपा एकिकृत र राष्ट्रिय जनमुक्ति पार्टीका प्रमुखहरुको आतिथ्यता तथा यहांस्थित गैर सरकारी संस्थाका प्रतिनिधिहरु, सहकारी संस्थाका प्रमुखहरु र निवर्तमान वार्ड अध्यक्ष र एकजना महिलासहित नौ वार्डबाट तीन जना प्रतिनिधिहरु गरी साठी जनाको सहभागिता रहेको परिषदले दुई वर्षको बजेट विनियोजन गरेको छ । कूल बजेट रु २१,५०,०००/- मध्ये चालु बजेट रु ४,२०,०००/-, विकासतर्फ रु १७,३०,०००/- र जिविस कन्टिन्जेन्सी रु २५,९५०/- बराबरको बजेट विनियोजित गर्ने क्रममा गर्मागर्मी भएको थियो ।

आव २०६७/६८ को बजेटमा अनिवार्य छुट्याउनु पर्ने विपन्न वर्गका महिलाहरुको आयआर्जनकोलागि ५ प्रतिशतको रु ८५,२०२/-५०, विपन्न वर्गका बालबालिकाकोलागि ५ प्रतिशत रु. ८५,२०२/-५० दलित, जनजाति, अपांग, जेष्ठ नागरिककोलागि १० प्रतिशत रु. १७,०४०५/- छुट्याइएको छ भने शान्ति समितिकोलागि २०,०००/-, गुल्मी महोत्सवकोलागि रु २०,०००/-, सेवा केन्द्रस्तरीय मूल कृषक समहकोलागि रु १०,०००/-, ठूलो लुम्पेक गाविस एकिकृत विकास योजना गोष्ठीकोलागि रु २५,०००/-, दैवि प्रकोपा राहत कोषकोलागि रु १५,०००/-, हुलाक कार्यालय व्यवस्थापन रु १०,०००/-, मोटर बाटोकालागि रु ६,७०,०००/-, धर्मपुर उच्चमाविकोलागि रु १,०००००। सिंचाईकोलागि रु ७०,०००/- सहकारी तथा कृषि रु १,७०,०००/-, हेपाटाइटिस भ्याक्सिनकोलागि रु ५०,७४०/- छुट्याइएको छ ।

त्यसैगरी, आव २०६८/६९ को कूल बजेट रु २१,५०,०००/- मध्ये चालु बजेट रु ४२,००००/-, विकासतर्फ रु १७,३०,०००/-, र जिविस कन्टिन्जेन्सी रु २५,९५०/- बराबरको बजेट विनियोजित गर्नेक्रममा गर्मागर्मी भएको थियो । बजेटमा अनिवार्य छुट्याउनु पर्ने विपन्न वर्गका महिलाहरुको आयआर्जनकोलागि ५ प्रतिशतको रु ८५,२०२/-५०, विपन्न वर्गका बालबालिकाकोलागि ५ प्रतिशत रु ८५,२०२/-५०, दलित, जनजाति, अपांग, जेष्ठ नागरिककोलागि १० प्रतिशत रु. १,७०,४०५। छुट्याइएको छ भने शिक्षातर्फ रु ७,०३,२४०/-, मोटर बाटोतर्फ रु २,०००००/-, पर्यटन प्रवद्र्धनतर्फ रु १,५०,०००/-, विद्युतिकरणतर्फ रु २,०००००/-, उपस्वास्थ्य चौकीकोलागि रु १,०००००/- छुट्याइएको छ ।

आव २०६७/६८ को योजना प्राथमिकीकरणमा

१. मोटरबाटो
२. आय आर्जन बाख्रापालन
३. विद्यालय भवन निर्माण्
४. सिंचाई
५. तटबन्ध

आव २०६८/६९ को योजना प्राथमिकीकरणमा

१. विद्यालय भवन निर्माण
२. मोटरबाटो
३. सहकारी खेती
४. झोलुंगे पुल
५. पर्यटन प्रवद्र्धन 

बजेट बाँडफाँड क्षेत्रगत रुपमा सम्पन्न गर्न सकिने गरी निश्चित योजनाकोलागि हुन सकेको भए गाविस विकास धेरैहदसम्म अगाडी बढी सक्ने थियो । प्रतिनिधिहरुको लुछाचुडीको कारण सवै वार्डमा बाँडदा विकास निर्माणको योजना सम्पन्न हुन अझ केही वर्ष लाग्न सक्छ यद्यपी यस वर्ष गाविसको एकिकृत विकासकानिम्ति योजना तर्जुमा गोष्ठीकोलागि बजेट विनियोजन गरिएकोछ। उक्त गोष्ठीकोलागि लुम्पेकी थानी युवा क्लवलाई संयोजक संस्थाको रुपमा जिम्मेवारी दिइएको छ।
गोष्ठीद्वारा गाविसको एकिकृत विकासको निम्ति गुरुयोजना तय हुने भएकोले आगामी पांच वर्षसम्ममा ठूलो लुम्पेक गाविस नेपालको उत्कृष्ट नमूना गाउँको रुपमा बिकास गर्ने गाउँले युबाहरुको धोको पुरा हुने सम्भावनाको ढोका भने खुला भएको छ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग