Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

क्रिश्चियनहरुद्धारा क्रिसमसको शुभकामना

Published on 5:26:00 AM //

पी.एम.मगर

संसारका सवै धर्मको सार एउटै भएकाले सवै धर्मालम्वी मिलेर आपसी सद्भाव कायम गर्नुपर्नेमा एक कार्यक्रमका वक्ताहरुले जोड दिएका छन् ।

क्रिश्चियन धर्मका प्रवर्तक यशु ख्रीष्टको जन्मोत्सवको अवसरमा ख्रीष्टिय मण्डली, तम्घासले आयोजना गरेको शुभकामना आदानप्रदान कार्यक्रमा वोल्ने वक्ताहरुले यस्तो वताएका हुन् । कार्यक्रममा प्रमुख अतिथि पाष्टर ग्रिष्म पराजुलीले गरिवी, अशिक्षा र राजनीतिक अस्थिरता प्रमुख समस्या नभएको वताउँदै मानिसको हृदयमा भएको पाप नै मुख्य समस्याको जड रहेको औल्याउनुभयो । त्यस्तै विशेष अतिथि प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालले वहुजातीय, वहुधार्मिक, वहुसाँस्कृति तथा वहुपरम्परा नै मुलुकको विशेषता रहेको भन्दै धार्मिक सहिष्णुता, सदभाव तथा एकताको आधारमा अगाडी वढ्नुपर्नेमा जोड् दिनुभएको छ ।

कार्यक्रममा नेपाली काँग्रेसका महासमिति सदस्य भुवनप्रसाद श्रेष्ठ, समाजसेवी नन्दराम भुसाल, वह्मकुमारी विश्वविद्यालयकी सञ्चालिका व्रह्मकुमारी सीमा, अर्जुन आवासिय उच्च माविका प्रन्सिपल दान बहादुर के.सी लगातले वोल्दै धर्म भनेको निति भएकाले सवै यसमा वाधिनुपर्ने जोड दिँदै यशु ख्रीष्टको जन्मोत्सवको शुभकामना व्यक्त गनुभएको थियो । कार्यक्रमको विच विचमा विभिन्न गीतसंगीत पनि प्रस्तुत गरिएको थियो । पास्टर केपि जोज्स श्रीवास्तवको वाईवल प्राथनावाट शुरु भएको कार्यक्रममा जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसाल, जिल्ला अनुसन्धान अधिकृत विमल डङ्गोल, जिल्ला विकास समितिका योजना अधिकृत भक्तिराम मरासिनी, नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष जनार्दन घिमिरे, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष जीवन राना लगायत विभिन्न सरकारी तथा गैर सरकारी संघ संस्थाका प्रमुख तथा प्रतिनिधि, राजनितिक दलका प्रमुख तथा प्रतिनिधी, सञ्चारकर्मी, गुल्मी जिल्ला भित्र रहेका क्रिश्चियन धर्मालम्वीहरुको उपस्थिति रहेको थियो ।

ख्रीष्टिय मण्डली तम्घासका पास्टर लिलवहादुर नेपालीको सभापतित्व र शुसमाचार चर्च अर्घाखाँचीका विष्णु परियारको सञ्चालनमा सम्पन्न कार्यक्रममा पास्टर परशुराम पन्थीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने ख्रीष्टियन मण्डली भार्सेका पास्टर चन्द्र श्रेष्ठले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग