Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक क्षेत्रलाई गुल्मीमा ६७ करोड

Published on 7:37:00 PM //

भरत पाण्डेय
जिल्ला शिक्षा कार्यालय गुल्मीले आर्थिक वर्ष २०६७/०६८ को वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।
कार्यलयमा आयोजित अभिमुखीकरण कार्यक्रममा जिल्ला शिक्षा कार्यलयबाट सञ्चालन हुने वार्षिक कार्यक्रम सार्वजानिक गरिएको हो । कार्यक्रममा २०६७/०६८ का लागी जिल्ला शिक्षा कार्यालय गुल्मीलाई सरकारद्धारा विनियोजन कुल ६७ करोड ९ लाख ७९ हजार ८ सय १० रुपैयाँ वजेट मार्फत विभिन्न कार्यक्रम सञ्चालन हुने जानकारी दिइएको छ ।
मा.वि/नि.मा.वि शिक्षातर्फ १६ करोड २३ लाख ४२ हजार ३ सय ३० रुपैयाँ छुट्टाइएको छ । कुल रकमबाट माध्यमिक विद्यालयका ५७ र नि.मा.वि का २८२ दरबन्दी, मा.वि विद्यालयका १४२ राहत र नि.मा.विका १७३ राहत शिक्षकको तलब भत्तामा खर्च हुनछ । त्यस्तै साधारण तर्फ रु ६० लाख १६ हजार ५ सय विनियोजन गरिएको छ । विद्यालय सुधार कार्यक्रम चालु खर्च तर्फ रु १३ करोड ४९ लाख ३३ हजार ४ सय ६० रुपैँया छुट्टाइएको छ । त्यसतै विद्यालय सुधार कार्यक्रम पुजिँगत तर्फ ७ करोड ९२ लाख ७० हजार रुपैयाँबाट यस वर्ष गुल्मीका ३० ओटा विद्यालयहरुमा २-२ कोठाका दरले ६० कोठा निर्माणहुने भएका छन् । उक्त भवनकालागी प्रति विद्यालय ६ लाख ५० हजार विनियोजन गरी गरिएको छ । त्यस्तै समुदायमा व्यवस्थापन जिम्मा लिएका ८ ओटा विद्यालयहरुमा २-२ ओटा का दरले १६ ओटा कक्षा कोठा थप हुने भएको छ ।
त्सस्तै गुल्मीमा १० लाख बराबरका ४ ओटा विद्यालय भवन निर्माण हुने भएका छन् भने प्रति विद्यालय ५ लाखका दरले ४ ओटा विद्यालय मर्मत का लागी २० लाख छुट्टाइएको छ । विस्थापित ७५ वटा विद्यालय पुर्न स्थापनाका लागी प्रति विद्यालय १ लाखका दरले ७५ लाख छुट्टाएको छ । त्यस्तै विद्यालयको वातावरण सुधार कार्यक्रमको लागि यस वर्ष गुल्मीमा ९६ वटा विद्यालयहरुमा प्रति विद्यालय २ लाख रुपैँयाको लागतमा शौचालय
निर्माण हुने भएका छन् । हाल सम्म छात्रा र शिक्षिकाहरुलाई विद्यालयमा कपडा फेर्न र शौचालय प्रयोग गर्न असहज भैरहेको बेला अबदेखी विद्यालयहरुमा छात्रा शौचालय निर्माण हुने भएका छन् । लैङ्गिक हिसां विरुद्धको वर्ष घोषणा गर्दै सरकारले यस वर्ष गुल्मीमा १ सय ९ ओटा विद्यालयमा प्रति विद्यालय २ लाख लागतमा छात्रा शौचालय निर्माण गर्ने भएको छ । हाल सम्म कतिपय विद्यालयहरुमा छात्रावृति वितरण गर्दा
अनियमिता हुने गरेको विषयलाई ध्यानमा राखी अबदेखी छात्रावृति वितरण गर्दा अध्ययनरत, दलित ,छात्रा, गरिब , असाहय , विपन्न पहिलो प्राथमीकता राख्ने विद्यालय व्यवस्थापन समिति , एस.एम.सी, पी.टी.ए को सग्लनतामा उनीहरुको नामावली सुचना पार्टीमा अनिवार्य रुपमा सुचना टास्न लगाउने परिपाटी मिलाइएको छ । त्यस्तै द्वन्द पिडितको लागी २०६८ वैशाख देखि भर्ना हुने गुल्मीका १० ओटा प्रा.वि ,१२ ओटा मा.वि , १४ ओटा नि.मा.वि र १६ ओटा उ.मा.वि.का विद्यार्थिहरुले छात्रवृति पाउने भएका छन् । शिक्षा कार्यलयले सार्वजानिक गरको कार्यक्रम लाई हेर्दा हाल सम्म ४ तहमा दिइएको शिक्षालाई २ तहमा अगाडी बढाउने निति अनुरुप कक्षा १ देखि ८ सम्म आधारभुत शिक्षा र कक्षा ९ देखि १२ सम्म माध्यमीक शिक्षामा जोड दिइएको छ ।
अध्यादेश मार्फत सरकारले कुल ३ खर्ब ३७ करोड ९० लाख बजेट विनियोजन गरे मध्ये शिक्षा तर्फ २४.५ प्रतिशतले वृद्धि गरेकोले यस वर्ष शिक्षा क्षेत्रमा केहि नयाँ र सबैकालागी शिक्षा मुलक कार्यक्रमहरु ल्याइएको छ । उक्त अभिमुखीकरण कार्यक्रममा प्रमुख अतिथि एवं प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्यालले शिक्षा कार्यलयमा पर्ने बजेट र कार्यक्रम बारे जानकारी नहुदा अनेक आशंका हुने गरेको बेला जिल्ला शिक्षा कार्यलयले यसरी सबै पक्षलाई जुटाएर कार्यक्रम सार्वजानिक गर्नुका साथै प्रशिक्षित समेत गरेकोमा सो कार्यालयको स¥हना गर्नु भएको थियो ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग