Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एकताको आवश्यकता

Published on 6:39:00 PM //

जातीय समानता र सामाजिक न्यायका लागि सम्पूर्ण दलका दलित जनवर्गीय सगंठनहरु एकजुट भएर अगाडि बढ्नुपर्नेमा आइतबार एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।


नेपाल उत्पीडित जातीय मुक्ति समाज गुल्मीको २३ औं वार्षिक उत्सवको अवसरमा नेपाल जातीय मुक्ति समाज गुल्मीद्वारा आयोजित सामाजिक न्यायका लागि साझा अभियान विषयक एक दिने अन्तरक्रिया कार्यक्रमका सहभागीह�ले यस्तो बताएका हुन् । कार्यक्रममा कुनै पनि राजनीतिक दलको सिद्धान्त र रणनीति अनुसार दलित नेता कार्यकर्ता विभाजित हुँदा दलितका अधिकार र आन्दोलन ओझेलमा परेको निचोड निकाल्दै सम्पूर्ण दलका कार्यकर्ताहरु एक भई साझा संगठनमा एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए ।

नेपाल उत्पीडित जातीय मुक्ति समाजका केन्द्रीय सदस्य कृष्ण सुनारको प्रमुख आतिथ्यता रहेको अन्तरक्रियामा नेपाल सुनचाँदी व्यवसायी संघ गुल्मीका सचिव नारायण बराल, नेपाल उत्पीडित जातिय मुक्ति समाजकी सहसचिव कमला विश्वकर्मा, दलितवर्ग विकास उत्थान जिल्ला समन्यन समिति गुल्मीका अध्यक्ष रोम विश्वकर्मा, नेकपा एमाले जिल्ला सचिवालय सदस्य जंगबहादुर नेपाली, एमालेकै जिल्ला सदस्य गणेश श्रीपाली लगायतले मन्तव्य राखेका थिए । कार्यक्रम नेपाल उत्पीडित जातीय मुक्ति समाजका अध्यक्ष दलबहादुर विश्वकर्माको अध्यक्षता, गुल्मीका सदस्य कृष्ण विश्वकर्माको स्वागत र सचिव धनेन्द्र विश्वकर्माको सञ्चालनमा सम्पन्न भएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग