Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लौ चिन्नुस्- ११ को नतिजा

Published on 7:11:00 PM //

गुल्मी न्युज लौ चिन्नुस्- ११ मा भने बिगतका अंकहरुमा जस्तो खासै उत्साहपूर्ण सहभागीता हुन सकेन । शायद हामीले अनुमान गरेजस्तै अली गार्हो नै थियो लौ चिन्नुस्- ११मा दिईएको तस्बिर । केही मित्रहरुले अनुमान लगाएर जवाफ पठाउनुभएपनी ठ्याक्कै सही जवाफ भने कतै बाट आउन सकेन । खासमा उक्त तस्बिर धुर्कोट, बस्तु वार्ड नं ७ सिमा स्थित पानीको कुवाको तस्बिर थियो । केही समय पहीले सम्म त्यो कुवा नै त्यस आसपासका गाउँको एक मात्र पानीको स्रोत थियो । बिस्तारै त्यस क्षेत्रमा खानेपानी पाइपको बिस्तार सँगै उक्त कुवा उपेक्षित हुँदै गएको छ । पहिले ढुङ्गाको पर्खालद्वारा निर्मित उक्त कुवा पछी स्थानिय बासिन्दाले मर्मत गरी पक्की बनाएका हुन । अझै पनि गाउँमा धारामा पानी नआउँदा भने स्थानियहरु यही कुवाबाट पानी लिने गर्दछन । सहभागीताको लागि सबैलाई धन्यवाद । साथै जानकारी र तस्बिरको लागि बसन्त भण्डारी प्रती पनि हार्दिक आभार प्रकट गर्दछु ।     

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग