Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुई सय रुपैयाँको लोभ गर्दा ....

Published on 10:51:00 PM //

मोबाइल सिम बिक्रेता दुई सयको लोभमा पर्दा ठूलो फन्दामा परेका कपिलवस्तुमा भएको एउटा घटनाले पुष्टी गरेको छ ।
गत मंसिर पहिलो साता कपिलवस्तुमा दूधे बालकको अपहरणकारीले प्रयोग गरेको सिमका कारण ब्यापारी ठूलो फन्दामा परेका हुन् ।

बिनाप्रमाण १ सय पर्ने एनसेलको सिमलाई ३ सयमा बेच्दा बुटवल नगरपालिका-९ स्थित न्यू अर्याल हाउसका मालिक पिताम्बर अर्याल अहिले कानुनी फन्दामा परेका छन् । उनले गत कार्तिक २७ गते दूधे बालकको अपहरणमा संलग्न रहेका गुल्मीका नगेन के.सी. र प्रकाश पौडेललाई बिनाप्रमाण सिम बेचेका थिए । उक्त दुबैले प्रमाण नदिएपछि अर्यालले गुल्मीका ज्ञानबहादुर तरामूको कागजका आधारमा उनीहरुलाई ९८१४४९७११५ र ९८०८८११६०८ को सिम प्रदान गरेका थिए ।

पछि प्रहरीले अपहरणकारीको कल गरी अनुसन्धान गर्दा उक्त मोबाइल तरामूको नाममा भएको फेला पारेको थियो । पछि गुल्मीमा प्रहरीले तरामूलाई पक्राउ गरी साधपुछ गर्दा पिताम्बरले अपहरणकारीलाई लोभमा परी बिनाप्रमाण सिम बेचेको रहस्य खुलेको थियो ।

उता, अपहरणको ४ दिनपछि पक्राउ परेका चारै जनाले अर्यालबाट बिनाप्रमाण सीम खरिद गरेको प्रहरी समक्ष बयान दिएपछि उनी पनि अपहरणको मुद्दामा पक्राउ परेका थिए । चार जना अपहरणकारीसँगै जेलमा परेका अर्याल अहिले आफूले गरेको सो लोभका कारण निकै पछुतोमा परेका छन् । "एक-दुइ सयको लोभमा परी ठूलो गल्ती गरें, बिनाप्रमाण सिम नदिनुपर्दो रैछ", उनले भने- "लोभमा परी होसियारी र सावधानी अपनाइनँ र त्यो सिमबाट यत्रो अपराध हुन्छ भन्ने थाहै भएन ।" मात्र एक-दुई सयका लागि उनी पनि अहिले पुर्पक्षका लागि जेल चलान भएका छन् ।

प्रहरीले उनीमाथि समेत बालक दीपेन्द्रको अपहरणमा संलग्न भएको भन्दै मुद्दा चलाएको छ । उनीमाथि लागेको अभियोग अदालतले सदर गरे अर्यालसमेत १५ वर्षसम्म जेल जानुपर्ने बताइएको छ । यसरी २ सय रुपैयाँको लोभ गरी अनियमित काम गर्दा जेल जानुपर्छ भन्ने कहिल्यै कल्पना नगरेका गुल्मीका अर्याल कपिलवस्तु कारागारमा छन् ।

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग