Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दलित समुदायबाट पहिलो बि.नि

Published on 2:21:00 AM //

 पी.एम.मगर
गुल्मीको कर्णाली भनेर चिनिने नेटा गाविसका एक जना दलित जिल्लाकै दलित समुदायबाट पहिलो विद्यालय निरीक्षक वनेका छन् ।

नेटा गाविस वार्ड नं. ७ निवासी ३० वर्षीय झविलाल विश्वकर्मा जिल्ला शिक्षा कार्यालय गुल्मीको पहिलो दलित विद्यालय निरीक्षक वन्नु भएको हो । मंसीर ९ गते केन्द्रवाट नियूक्ती लिएर आउनुभएका झविलाल विश्वकर्मालाई बुधवार जिल्ला शिक्षा कार्यालयले दर्लिङ्ग श्रोत केन्द्र र दोहोली श्रोत केन्द्र कार्य क्षेत्र तोकी जिम्मेवारी पत्र हस्तान्तरण गरेको छ । यस संवन्धमा जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले जिल्ला वाहिर गएर अन्य दलित व्याक्तित्वहरुले विद्यालय निरीक्षक वनेको भए आफुलाई थाहा नभएको तर जिल्लामा आफुले वुझेसम्म उहाँ नै जिल्लाको पहिलो दलित समुदायको तर्फवाट विद्यालय निरीक्षक भएको वताउनुभयो ।
बुधवारै तमघासको कर्मचारी मिलन केन्द्रमा उहाँ सहित अन्य चार जना कर्मचारीहरुलाई एक समारोहका विच सम्मान एवं वधाई दिईएको थियो । कार्यक्रममा प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी पर्शुराम अर्याल लगायतका विभिन्न निकायका प्रमुख एवं कर्मचारीहरुले सम्मान गरेका थिए । २०६० सालदेखि सदरमुकाम तमघासको सिद्धवावा उच्च माविमा अध्यापन गर्दै आउनुभएका झविलाल विश्वकर्मा पत्रकारीता क्षेत्रमा समेत कृयाशिल हुनुहुन्छ । रेडियो नेपाल गुल्मी संबाददाता र स्थानीय पत्रपत्रिकामा समेत कृयाशिल विश्वकर्मालाई नेपाल पत्रकार महासंघ गुल्मीले २०६४ सालमा उत्कृष्ट कृयाशिल पत्रकारीता पुरस्कारले सम्मान गर्नुका साथै दलित समुदायमा उहाँले पत्रकारीता क्षेत्रवाट पु¥याउनुभएको योगदानको कदर स्वरुप दलित वर्ग उत्थान जिल्ला समन्वय समिति गुल्मीले २०६६ सालमा सम्मान गरेको थियो । शिक्षा संकायमा स्नाकोत्तर तह उत्तीर्ण गर्नुभएका विश्वकर्मा सहित उक्त तहको शिक्षा हाँसिल गर्ने जिल्लामा करीव ६ जना जती मात्र दलित रहेका छन् ।
नेटा गाविस दलितहरुको वाहुल्यता रहेता पनि साक्षरताको संख्या न्यून रहेको छ । वुवा सुवर्ण विश्वकर्मा र आमा बाटुली विश्वकर्मा अशिक्षीत रहेपनि आफुले उहाँहरुकै प्रेरणावाट यहाँसम्मको शिक्षा हासिल गरेको वताउने नवनियुक्त विद्यालय निरीक्षक विश्वकर्मा शिक्षा क्षेत्रमा दलितहरुको पहुँच कम देखेर यस क्षेत्रमा लागेको वताउनुभयो । सम्मान कार्यक्रम जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालको अध्यक्षता, प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख आतिथ्यता र जिल्ला विकास समितिका कार्यक्रम अधिकृत शंकर गौतमको सञ्चालनमा सम्पन्न भएको थियो ।


Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग