Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

लास जलाउन गएका दुई मलामी बेपत्ता

Published on 5:39:00 PM //

रुरुक्षेत्र स्थित रिडी घाटमा लास जलाउन गएका दुई मलामी शनिबार बगेर बेपत्ता भएका छन् ।

कालीगण्डकी नदीमा बिहान ११ बजे रुरु गाविस-४ मा शव जलाउन आएका गुल्मी दुवीचौर-६ का ४३ वर्षीय  वर्षीय  दलबहादुर तग्नामी र ६५ वर्षीय  मानबहादुर तग्नामी डुबेर बेपत्ता भएका हुन् ।
शव जलाई सकिएपछि जलाएको स्थान सफा गर्न नदीबाट हातले पानी छ्याप्दै गर्दा डुबेको इलाका प्रहरी कार्यालय रिडीले जनाएको छ । दुवीचौर-६ का हिमलाल धुरेलको शव जलाउन उनीहरू मलामी बनेर रिडी रुरु आएका हुन् । नदीमा बेपत्ता भएकाको गुल्मी र पाल्पाको प्रहरी टोलीले खोजीकार्य जारी राखेका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग