Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हाजिरै नगरी तलब

Published on 5:35:00 PM //

घनश्याम गौतम 
सात महिनादेखि हाजिरी गरेको छैन । तलब भने कुनै महिना रोकिएन । वैशाखदेखि मंसिर ९ गतेसम्म उनी एकै दिन हाजिर भएका छैनन् । 
तर पनि नेपाल राष्ट्रिय माध्यमिक विद्यालय दौंघाका प्रधानाध्यापकलाई शिक्षा कार्यालयले कुनै कारबाही गरेको छैन । कहिलेकाहीँ मात्र विद्यालय जाने प्रअ टीकाराम ज्ञवालीले मंसिर ९ गतेपछि भने नियमित हाजिर गरेका छन् । प्रअको लापरबाहीका कारण विद्यालयका दैनिक क्रियाकलापमा पनि अनियमितता भएको छ । उनी विद्यालयमा नियमित नहँुदा शिक्षक, व्यवस्थापन समिति, शिक्षा कार्यालय, स्रोत व्यक्ति एवं विद्यालय निरीक्षकसँग समेत समन्वय नगर्दा विद्यालय अस्तव्यस्त बनेको छ । उनकै करण यहाँ अध्ययनरत सयौं दलित एवं छात्राले शिक्षा कार्यालयबाट पाउनुपर्ने छात्रवृत्तिबाट वञ्चित भएका छन् । उनले ०६५ को ७६ विद्यार्थीका नाममा गएको दलित एवं छात्राको छात्रवृत्ति वितरण नै नगरी दुरुपयोग गरेको आरोप छ । ७६ विद्यार्थीले अघिल्लो वर्ष प्रतिविद्यार्थी ३ सय ५० रुपैयाँका दरले छात्रवृत्ति पाएका थिए भने गत वर्षबाट बढेर ४ सय पुगेको छ ।

स्थानीय अभिभावकले आफ्ना नानीहरूका नाममा आएको रकम प्रअले नै खर्च गरेको दाबी गरे । ०६५ को छात्रवृत्ति नै वितरण नगरेका ज्ञवालीले गत वर्षको रकमबाट भने २ महिनाअघि बल्लतल्ल रेडिमेट ड्रेस उपलब्ध गराएका छन् ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग