Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

स्वर्ण महोत्सवको तैयारी

Published on 9:50:00 PM //

खड्गदेवी माध्यमिक विद्यालय, दगातुन्डाँडा वाग्लुङ्गको स्वर्ण महोत्सवको अन्तिम तैयारी स्वरुप स्वर्ण महोत्सव मुल समारोह समिति, उपसमिति, अभिभावक तथा विद्यार्थीहरुको एकीकृत भेला आज सम्पन्न भएको छ ।

भेलामा विद्यालयको स्वर्ण महोत्सवका लागि भईरहेको तैयारीका वारेमा जानकारी तथा छलफल गरिनुका साथै वाँकी रहेका उपसमितिहरुको समेत गठन गरिएको छ । भेलाले स्वर्ण महोत्सवलाई सफल एवं थप प्रभावकारी वनाउन मञ्च व्यवस्थापन, स्वागतद्धार निर्माण, खाध्यान्न, आवास तथा सरसफाई, अतिथि सत्कार लगायतका १५ वटा उपसमिति समेत गठन गरेको छ । स्वर्ण महोत्सव तथा उच्च माध्यमिक विद्यालय सञ्चानार्थ सहयोग अभियानमार्फत अहिलेसम्म ७० लाख रुपैँया रकम संकलन भईसकेको विद्यालयका प्रधानाध्यापक वेदप्रसाद पोखरेलले जानकारी दिनुभएको छ । महोत्सवको लागि तैयारी तिव्ररुपमा अगाडी वढिरहेको पनि उहाँले वताउनुभयो । विद्यालयले यही पौष ९ गतेदेखि १५ गतेसम्म स्वर्ण महोत्सव नाउन गईरहेको छ ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग