Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

एड्स रोकथाम साथी शिक्षकको तालिम सुरु

Published on 9:55:00 PM //

पी.एम.मगर
तमघास गुल्मी एच.आई.भि एड्स र यसको रोकथाम कार्यक्रम सञ्चालनका लागि ३ दिने साथी शिक्षक तालिम सदरमुकाम तम्घासमा आज देखि सुरु भएको छ ।

ग्लोवल फण्ड (सातौ चरण) कार्यक्रम अन्र्तगत एकिकृत एच.आइं.भी एड्स रोकथाम तथा सहयोग र हेरचाह कार्यक्रम सञ्चालनका लागि राष्ट्रिय गा्रमीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक) नेपाल गुल्मीको आयोजनामा उक्त तालिमको सञ्चालन गरिएको हो । तालिममा जिल्लाका ३५ गाविसबाट ७५ जना महिला साथी शिक्षकको सहभागी रहेको छ । तालिमको उद्घाटन गर्दै प्रमुख अतिथि एवं गैर सहकारी महासंघ गुल्मीका अध्यक्ष विष्णुप्रसाद भण्डारीले एच.आइं.भि एड्स भन्ने वित्तिकै समाजमा अझैपनि संकुचित भावनाले हेर्ने भएकोले साथी शिक्षकहरुले यो संकुचन भावनालाई तोड्दै अशिक्षित समुदायलाई सचेत गराउन आग्रह गर्नु भएको थियो । सोही अवसरमा सभापति एवं आयोजक संस्था नार्डेक नेपाल गुल्मीका अध्यक्ष रेशम कुवँरले तलव र भत्ताका दृष्ट्रिले नभई विशुद्ध सेवा भावले ओतप्रोत भई साथी शिक्षकहरु एच।आई।भी एड्स विरुद्धको जनचेतनामुलक कार्यक्रममा एकवद्ध भएर लाग्नु पर्नेमा जोड दिनुभएको थियो ।
तालिमको सस्थाका अधिकृत रामबहादुर कुवँर, धनिश्वर महत, विष्णु प्रसाद भण्डारी, चुरामणि पन्थी, अर्जुन भण्डारी, अञ्जु ज्ञवाली लगाएतले सहजीकरण गरिरहनु भएको छ । संस्थाका अध्यक्ष रेशम कुवँरको सभापतित्वमा सम्पन्न कार्यक्रममा महासचिव लोकनाथ आर्चायले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन एच.आइं.भि एड्स कोर्डिनेटर सुपर भाईजर धनिस्वर मह्तले गर्नुभएको थियो ।

Tags:

0 प्रतिकृयाहरु

Leave a comment

Leave Your Comment.....

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग