Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

हिमचुलीको साधारणसभा

Published on 1:39:00 AM //

हिमचुली महिला विकास संस्था जैसिथोक गुल्मीको साधारणसभा आइतबार जैसिथोक गुल्मीमा सम्पन्न भएको छ । 


महिला विकास गुल्मीकी कार्यकर्ता सावित्रा भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा, सलाहकार मेघराज खनाल, एकीकृत माओवादीका मोतीलाल पोखरेल, नेकपा एमालेका पूर्णप्रसाद पोखरेल, नेपाली कांग्रेसका कृष्ण थापा, सल्लाहकार टंकप्रसाद पोखरेल, निर्वतमान गाविस उपाध्यक्ष रविलाल पोखरेल, उपस्वास्थ्य चौकी प्रमुख बालुराम खनाल, गाविस प्रतिनिधि शोभाखर खनाल र पत्रकार अर्जुन भण्डारीलगायतले शुभकामना मन्तव्य राख्दै संस्थाको लागि आफ्नो क्षेत्रबाट गर्नसक्ने सहयोग गर्ने प्रतिबद्धतासमेत व्यक्त गरेका थिए । साथै भेलाले तारा खनालको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्य समितिको गठन गरेको छ । जसको उपाध्यक्षमा धनकला खनाल, सचिवमा राधिका भण्डारी, सह-सचिवमा विमला घिमिरे र कोषाध्यक्षमा कमला पोखरेललगायत रहेका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग