Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

रेसुङ्गा क्षेत्र प्लाष्टिक र दुर्गन्ध मुक्त क्षेत्र, बाह्य पर्यटक भित्र्याउन ब्यापक तैयारी

Published on 2:07:00 PM //

घनश्याम गौतम
पर्यटन वर्षको अवसर पारेर ऐतिहासिक, धार्मिक एवं पर्यटकिय स्थल रेसुङ्गा क्षेत्रको प्रचारप्रसार र प्लाष्टिक मुक्त बनाउन पहल शुरु भएको छ ।

मनोरम रेसुङ्गा क्षेत्रमा प्लाष्टिक र पिकनिकका लागि जाने विद्यार्थी एवं घुम्न आउने पर्यटकहरुबाट समेत प्लाष्टिक र प्लाष्टिक जन्य बस्तुहरुले दुर्गन्ध बढ्ने भन्दै रुरु रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिले पहल शुरु गरेको हो । समितिले पहिलो चरणमा होर्डिङ्ग बोर्ड र फोहोरका कन्टेनरहरु राखिएको र जिल्ला बाहिरबाट प्रचारप्रसार शुरु गरिएको जनाएको छ । समितिका कार्याकारी निर्देशक अर्जुन आचार्यका अनुसार पर्यटन वर्ष भर रेसुङ्गा क्षेत्रको प्रचारप्रसार, पर्यटकको स्वागत, सरसफाई अभियान संचालन गरिनेछ । ‘पर्यटन वर्ष भर गन्तब्य स्थानमा आउने केही पर्यटकलाई रेसुङ्गा भ्रमण गराउने अभियान समेत शुरु गर्दै छौं ।’, निर्देशक आचार्यले भने, ‘त्यसका लागि पहिलो चरणमा सरसफाई र प्रचारप्रसार शुरु गरिएको हो ।’ रेसुङ्गा क्षेत्रको प्रचारप्रसारका लागि पहिलो चरणमा पर्यटनसंग सम्बद्ध संघ संस्था र सरोकारवालाहरुसंग अन्र्तक्रिया गर्न लागिएको समेत आचार्यले जानकारी दिए ।
२ हजार ३ सय ४९ मिटर उचाईमा रहेको रेसुङ्गा नेपालका चारधाम मध्यको एक धाम समेत मानिन्छ । घना बन जंगल र जैविक विविधताले समेत रेसुङ्गा भरीपूर्ण मानिन्छ । जंगलकै बिचमा रहेको रेसुङ्गा पोखरीमा बद्री, केदारनाथ, गंगासागर, ब्रह्मपुत्र र नेपालका प्रमुख नदिहरुको बालुवा र पानी ल्याएर मिसाईएकोले यहाँ स्नान गरेमा सम्पूर्ण पापबाट मुक्त भई मोक्ष र धन प्राप्त हुने विश्वासले गर्दा रेसुङ्गा पोखरीमा साउन, कार्तिक र बैशाखमा स्नान गर्नेहरुको भिड लाग्ने गर्दछ । उचाईमा रहेका कारण रेसुङ्गाबाट माछापुच्छ्रे, अन्नपूर्ण, धौलागिरी लगायतका एक दर्जन बढी हिमश्रङ्खलाहरु संगै तराईका विभिन्न भागहरु समेत देख्न सकिन्छ । दृश्याबलोकन, जैविक विविधताको अध्ययन, ऐतिहासिक एवं धार्मिक स्थलको दर्शन, प्रकृतिको मनमोहक आनन्द लिनका लागि रेसुङ्गा क्षेत्र पर्यटकहरुका लागि आर्कषण बन्न सक्ने भएकाले पर्यटन वर्षको अवसर पारे
र अभियान शुरु गरिएको समितिका अध्यक्ष निमबहादुर पाण्डेले बताए । समितिले लुम्बिनी अंचलका सबै पर्यटकिय स्थलहरुसंगै, विदेशी पर्यटकका लागि आर्कषण पोखरा र अन्य सम्भावित स्थलहरुमा रेसुङ्गाको प्रचारप्रसारका लागि होर्डिङ्गबोर्ड, वालपेन्टिङ्ग र पर्यटक स्वागतका ब्यानरहरु राख्ने तयारी भैरहेको समेत निर्देशक आचार्यले बताए । जिल्लामा पर्यटक भित्र्याउन र जिल्लाको प्रचारप्रसार गर्न यस वर्ष एक गैरसरकारी संस्थाले पर्यटन महोत्सव गर्न लागेको छ भने उद्योग वाणिज्य संघले बैशाखमा पहिलो गुल्मी महोत्सव गर्ने तयारी गरिरहेको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग