Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

गाउँ सुरक्षा समिती गठन

Published on 9:41:00 PM //

 मनोज बस्नेत

      गाउँमा चोरहरुको बिगबिगी बढदै गएपछि बाग्लुङ्गको ग्वालिचौरमा गाउँ सुरक्षा समिती गठन गरिएको छ ।
गत पौष १२ गते राती ग्वालिचौर १ नुवारा निवासी दुर्गा बहादुर रायमाझी, गत बिहीबार दगातुमडाडाँ ८ निबासी गोपाल गिरी र उहाँका छिमेकीको घरबाट नगद र सुनका गरगहना चोरि भएपछि ईलाका प्रहरि कार्यलय बुर्तीबाङका ईन्चार्ज प्रहरी निरीक्षक बिष्णु बहादुर पुलामी मगरको उपस्थितीमा समिती गठन गरिएको हो । गाउँमा आपराधिक घटनाहरु घटन नदिनको लागि प्रहरि प्रशासन, विभीन्न क्लब, आमा समुह, स्थानिय युवाहरु, स्थानिय बासिन्दाहरु लगायतको सहभागिता रहने गरि २५ सदस्यीय गाउँ सुरक्षा समिती गठन गरिएको छ । बिभीन्न दुर्घटनाहरु हुन सक्ने भन्दै प्रहरि प्रशासनले सर्वसाधारणलाई अत्याबश्यक काम बाहेक रातको समयमा घर बाहिर ननिस्कन सुचना जारि गरेको छ ।

      चोरहरु पक्रनको लागि बिषेश निगरानी, रात्रि गस्ति र चेकजाँचलाई कडा पारिएको प्रहरी प्रशासनले बताएको छ भने गाउँमा युवाहरुले पनि रात्रि गस्ति सुरु गरेको ग्वालिचौरबाट सुर्दशन भुसालले जानकारी दिनु भएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग