Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा १५ घाइते, २ गम्भिर

Published on 4:34:00 PM //

 जनार्दन घिमिरे/घनश्याम गौतम/शिवलाल सुबेदी/टोपलाल अर्याल 
गुल्मी जिल्लाको पराल्मी गाविसमा आज भएको जिप दुर्घटनामा १५ जना घाइते भएका छन भने २ जनाको स्थिती गम्भिर रहेको छ ।  ।
गुल्मीको पराल्मी गाविसवाट सदरमुकाम तम्घास तर्फ आउँदै गरेको लु १ ज १६९३ नम्वरको उक्त जिप एक घण्टा अघि पराल्मी गाविस २ स्थित पधेरामाथि भन्ने ठाउँमा दुर्घटना हुँदा सहचालक सहित १३ जना घाईते भएका छन् । घाइते सहचालक गौँडाकोट ७ का २९ वर्षका दिपक थापाको अवस्था गम्भीर रहेको र उनको अहिले मिसन अस्पातल पाल्पामा उपचार भाईरहेको छ । त्यसैगरी तम्घास ३का वर्ष ५५ कि माया पोख्रेलको स्थिती पनि चिन्ताजनक रहेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जनाएको छ । अन्य घाइतेहरु पराल्मी १ का १८ वर्षीय दिलमाया घर्ती, परल्मी १ का २२ वर्षिय लक्ष्मी पुन, पराल्मी १ कै ६ वर्षीय रविन्द्र घर्ती, भनभने ५ का ३२ वर्षीय दिपेन्द्र पन्थी र उहाँका भाई २७ वर्षीय अर्जुन पन्थी, रुपन्देही पर्रोहा ५ का ५२ वर्षिय दुर्गा प्रसाल गौतम, तम्घास ५ का जीपका चालक रुद्र थापा, वलिथुम १ का ५६ वर्षीय टोपकला पोख्रेल, वलिथुम १ कै ३७ वर्षिय कल्पना पुन , वलिथुम ४ का २८ वर्षीय वावुराम पोख्रेल र पराल्मी १ का २ वर्षीय देवेन्द्र पुन  र पाल्पाका ४५ वर्षका कृष्ण लम्तरी सबैको अहिले जिल्ला अस्पातल तम्घासमा उपचार भाईरहेको छ भैरहेको ट्राफिक कार्यालयका इन्चार्ज डोरबहादुर थापाले बताए ।
 चालकको लार्पवाहीको कारण घुम्टि मोडिसकेपछि जिप सडकमा परेको सितमा चिप्लिएर र्दुघटना भएको स्थानीयवासीले वताएका छन् । २५ जना भन्दा वढी यात्रुहरु वोकेको उक्त जीप सडकवाट एक सय मिटर तल खसेको जनाईएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग