Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साधारण सभा सम्पन्न

Published on 8:47:00 PM //

पी.एम.मगर

प्रगतिशिल महिला ब. सहकारी सँस्था लिमिटेड, धुर्कोट वस्तुको पाँचौ साधारण सभा आज सम्पन्न भएको छ ।

भेलाले संस्थाकी निवर्तमान अध्यक्ष लोककुमारी के.सीको अध्यक्षतामा नयाँ समितिको चयन गरेको छ । संस्थाको उपाध्यक्षमा शान्ता पाण्डे, सचिव जमुना पन्थी, कोषाध्यक्ष भिमा पन्थी लगायत ९ सदस्य रहनुभएको छ । भेलामा प्रमुख अतिथि जिल्ला पशु सृवा कार्यालय गुल्मीका प्रमुख डा. हरीवहादुर कुवँर, विशेष अतिथि महेन्द्र मल्ल, पशु सेवा केन्द्र धुर्कोटका प्रमुख श्यामवहादुर कार्की लगायतले सहकारीले समाजलाई अगाडी वढाउन पु¥याएको योगदान र महत्वका विषयमा चर्चा गर्नुका साथै शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । त्यस्तै भेलामा एकीकृत नेकपा माओवादीका चन्द्रवहादुर थापा, नेपाली काँग्रेसका मुक्तवहादुर कार्की, नेकपा एमालेका कृष्णवहादर नेपाली लगायतले पनि मन्तव्य व्यक्त गर्नुभएको थियो । सोही अवसरमा संस्थाकी कोषाध्यक्ष भिमा पन्थीले ३ लाख १० हजार ४ सय ३८ रुपैयाको वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो । अध्यक्ष लोककुमारी केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा शान्ता पाण्डेले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सञ्चालन जमुना पन्थीले गर्नुभएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग