Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तीन महिने कपडामा वुट्टा भर्ने तालिम शुरु

Published on 6:00:00 PM //

शोभा आचार्य /सामुदायिक रेडियो स्काई
व्यवसायिक सीप विकास तालिम केन्द्र वुटवल र गुल्मी विकास केन्द्र तम्घासको आयोजनामा शान्तिपुर गाविसको आर्थिक सहयोगमा शान्तिपुर गुल्मीमा आज देखि तीन महिने कपडामा वुट्टा भर्ने तालिम शुरु भएको छ ।

महिला सिप विकास केन्द्र शान्तिपुरको संयोजनमा शुरु भएको तालिम उद्घाटन गर्दै गुल्मी विकास केन्द्रकी अध्यक्ष तथा कार्यक्रमकी प्रमुख अतिथि अमृता कुँवरले कपडामा वुट्टा भर्ने तालिम झन्झटिलो भएपनि महिलाहरुको आयआर्जन वृद्धि गर्न लागेको वताउनुभयो । साथै तालिममा सिकेका कुरालाई व्यवहारमा उतारेर अन्य गाविसमा समेत तालिमको प्रभावकारिता उदाहरणिय बनाउन सम्पुर्ण महिलाहरुलाई आग्रह समेत गर्नुभएको छ । उद्घाटन कार्यक्रममा समाजसेवि विजुलि देवि श्रेष्ठ , गीता थापा , घरेलु तथा साना उद्योग समिति गुल्मीका प्रमुख नारायण न्यौपाने, एकिकृत नेकपा माओवादिका कृष्ण बहादुर थापा , नेपाली काग्रेसका प्रतिनिधि यम बहादुर थापा , नेकपा एमाले का खिमा नन्द तिवारी लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो । शान्तीपुर गाविसको आर्थीक सहयोगमा यस अघि संञ्चालन गरिएको ढाका बुनाइ तालिम जिल्लामै नमुना बनेको छ । शान्तिपुर गाविस सचिव राम प्रसाद पन्थिको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन समाजसेवि केशवप्रसाद न्यौपानेले गर्नुभएको थियो । 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग