Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

साधारण सभा सम्पन्न

Published on 10:15:00 PM //

 पी.एम.मगर
सिद्धार्थ वचत तथा ऋण सहकारी संस्था लिमिटेड जोहाङ गुल्मीको दोस्रो साधारण सभा शनिबार सम्पन्न भएको छ ।

अन्तराष्ट्रिय सहकारीका सात सिद्धान्तलाई अंगीकार गर्दै सप्तदीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरिएको थियो । सोही अवसरमा प्रमुख अतिथि जोहाङ्ग प्राथमिक स्वास्थ्य केन्द्र प्रमुख डा. रामप्रसाद सापकोटा, समाजसेवी कर्णवहादुर कार्की, सुलभ सहकारी संस्था लिमिटेड काठमाण्डौका प्रतिनिधी सज्जन कुमार भट्टराई लगायतलेृ मन्तव्य व्यक्त गर्दै सबै शेयर धनीले सहकारीको सिद्धान्त र महत्व वुझ्न जरुरी रहेको वताउनुभएको थियो । २०६५ सालमा वित्तीय कारोवार शुरु गरेको यस संस्थाले अहिलसम्म ३ सय १७ सेयर सदस्य वनाउन सफल भएको छ भने हालसम्म ६६ लाख ८० हजार ७ सय ३५ रुपैयाँ १७ पैसा वचत गरेको र १ लाख २२ हजार ९६ रुपैयाँ खुद मुनाफा गरेृको छ । संस्थाका अध्यक्षले प्रगति प्रतिवेदन, लेखा समिति संयोजक लक्ष्मी शर्माले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको कार्यक्रमको सभापतित्व संस्थाका अध्यक्ष पुर्णवहादुर रानाले गर्नुभएको थियो । कोषाध्यक्ष देवीप्रसाद भण्डारीको स्वागत मन्तव्य र सचिव वसन्तकुमार श्रेष्ठको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग