Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

दुर्घटनामा एकको मृत्यु, तिन घाइते

Published on 5:04:00 PM //

घनश्याम गौतम
बुटवलबाट बाग्लुङ्गको हटिया तर्फ जाँदै गरेको ट्याक्टर गुल्मीको वामीटक्सार–५ सुपारीखोलामा सोमबार भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

लु. २ त. ४०१६ नम्बरको ट्याक्टर दुर्घटनामा परेर वामी –५ की ३३ वर्षिया रिता पुनको घटनास्थलमै मृत्यु भएको हो । घटनामा वामी–५ का ५० वर्षिय रेशमबहादुर पुन, रुपन्देहीको टिकुलगढ–८ का ३३ वर्षिय चालक रामबहादुर थारु र हिले गाविस–६ बाग्लुङ्गका ४० वर्षिय बुद्धिलाल कार्की घाइते भएको प्रहरीले जनाएको छ । घाइते मध्ये गम्भिर कार्कीलाई उपचारका लागि मिसन अस्पताल पाल्पा लगिएको छ भने अन्यको स्थानीय अस्पतालमा उपचार भैरहेको छ । उकालोमा लोड धान्न नसकेपछि दुर्घटनामा परेको ट्याक्टर सडकबाट २ सय मिटर तल खसेको वामीटक्सार प्रहरी चौकीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग