Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

अभिमुखिकरण कार्यक्रम सम्पन्न

Published on 12:10:00 PM //

 पी.एम.मगर
शासन तथा सामुदायिक विकास कार्यक्रम एलजीसिडीपीको अभिमुखीकरण कार्यक्रम हिजो शनिबार गुल्मीको दौघा गाविस वार्ड नं. ८ मा सम्पन्न भएको छ ।

आफ्नो गाउँका समस्याहरु कसरी पहिचान गर्ने, आफ्ना आवाजहरु संवन्धीत निकायसम्म कसरी पुर्याउने र पिछडिएका वर्ग, क्षेत्र तथा समुदायलाई विकास निर्माणमा सहभागी कसरी गराउने लगायतका विषयमा सहभागीहरुलाई जानकारी गराईएको थियो । कार्यक्रमका प्रमुख अतिथि गाविस सचिव जुद्धवहादुर पछाईले आफ्ना अधिकार खोज्न नागरिक संगठित भएर अगाडी वढ्नुपर्ने विचार व्यक्त गर्नुभएको थियो । त्यस्तै नेपाल राष्ट्रिय माध्यमिक विद्यालयका शिक्षक मानवहादुर थापाले एउटा व्याक्ति मात्र अगाडी वढेर समाजको विकास हुन नसक्ने भन्दै समाजमा वस्ने सवै मानिसको विकास हुनुपर्छ भन्ने कुरामा जोड दिनुभएको थियो ।
सोही अवसरमा कार्यक्रमका सभापति लोकवहादुर ज्ञवालीले आगामी दिनमा पिछडिएको वर्ग तथा समुदायलाई ध्यानमा राखि समाजको स्वार्थमा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो । सामाजिक परिचालक पुरन नेपालीले कार्यक्रमको सहजीकरण गर्दै आवश्यकता प्राथमिकिकण गरी सामाजीक श्रोत नक्सा तैयार गर्ने र विकास निर्माणका लागि सचेतना प्रदान गर्ने कुरामाथि प्रकाश पार्नुभएको थियो । सोही कार्यक्रममा डोलकवहादुर थापाको संयोजकत्वमा १ ७ सदस्यी वडा नागरीक मञ्च समेत गठन गरिएको छ । मञ्चको सदस्य सचिव सामाजीक परिचालक पुरन नेपाली र आमन्त्रित सदस्यमा स्थानीय गाविस सचिव जुद्धवहादुर पछाई, स्थानीय शिक्षक, वुद्धिजीवि, समाजसेवी, राजनीतिक दलका प्रतिनिधी, दोभान युवा क्लवका प्रतिनिधी, स्थानीय आमासमुह लगायत सर्वसाधारणको पनि सहभागीता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग