Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

जिप दुर्घटनामा चारजना घाईते

Published on 1:36:00 PM //

गगनशील खड्का 
गुल्मीको पराल्मी गाबिसमा शनिबार विहान जिप दुर्घटना हुँदा चारजना घाइते भएका छन् । गुल्मीको पराल्मीबाट पराल्मी रातमाटा जाँदै गरेको लु १ ज १३९३ नम्बरको जिप दुर्घटना भएको हो ।

दुर्घटनामा रातमाटाका झगबहादुर रजाली, शेरबहादुर मल्ल, वडा नम्बर ६ का खुमा खासु र त्रिभुवन माध्यमिक बिद्यालयका शिक्षक रुद्रबहादुर आचार्य घाइते भएका छन् । घाइतेहरुको जिल्ला अस्पताल तम्घासमा उपचार भइरहेको छ । जिप उकालोमा ब्रेक फेल भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग