Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

विद्यालयको ताला अझै खुलेन

Published on 3:50:00 PM //

 ऋगेश्वर बहुमुखी क्याम्पस रानीवास गुल्मीको नवनिर्मित भवनमा विगत केही महिनादेखि लगाइएको तालाबन्दी लामो समय बित्दा पनि खुल्न सकेको छैन ।
भारतीय राजदूतावासको एक करोड ६२ हजार रूपैयां लागतमा निर्माण भएको उक्त भवनको निर्माणकार्य सम्पन्न भइसक्दा पनि केही रकम अझै भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायीहरूले विद्यालयमा तालाबन्दी गरेका थिए । मूल्यवृद्धिको २२ लाख रुपैयाँ, फाइनल बिलको १३ लाख रुपैयाँ र धरौटी ८ लाख रुपैयाँ बराबर रकम सम्बन्धित निकायबाट भुक्तानी नभएको भन्दै नवनिर्मित भवनमा तालाबन्दी गरेको निर्माण व्यवसायी सदस्य दानबहादुर बुढाथोकीले गुनासो गरेका छन् । विद्यालयले आफूहरूले पाउनुपर्ने रकम प्राप्त नभएसम्म आफूहरूले ताला नखोल्ने बताएका छन् ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग