Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवको तयारी तीव्र

Published on 3:25:00 PM //

 बैशाखमा हुन लागेको पहिलो गुल्मी महोत्सवको तयारी तिब्र पारिएको छ । उद्योग वाणिज्य संघ र जिल्ला विकास समितिले महोत्सव आयोजना गरेका हुन् ।
महोत्सवका लागि मुल आयोजक समितिले "गुल्मी जिल्लाको समग्र विकासको आधार, धार्मिक स्थलको प्रवर्द्धन, पर्यटन, कृषि, उद्योग र ब्यापार" नारा तय गरेको छ । महोत्सव सफल पार्नका लागि २४ वटा उपसमितिहरू गठन गरी तयारी तिव्र पारिएको अध्यक्ष कृष्णप्रसाद भण्डारीले बताए ।
संघका महासचिव कृष्णप्रसाद पोखरेलका अनुसार विभिन्न समितिहरूले जिल्लाका सबै गाविसमा रहेका साना तथा घरेलु उद्योगको पहिचान तथा अवस्था, कला संस्कृति, पर्यटकीय स्थलहरूको विवरण र अवस्थाको संकलन, कृषि उत्पादन लगायत जिल्लालाई चिनाउन सक्ने सम्भाव्यताहरूको अध्ययन शुरू गरेका छन् ।
महोत्सव सफल पार्नका लागि सहयोग जुटाउन अध्यक्ष भण्डारीको नेतृत्वमा पुर्व उपाध्यक्षहरू राजेन्द्रप्रसाद श्रेष्ठ, डिल्लीराज भुसाल, जिविस अधिकृत शंकर गौतम, रूरू रेसुङ्गा क्षेत्र संरक्षण तथा पर्यटन विकास समितिका कार्यकारी निर्देशक अर्जुन आचार्य सहितको टोली काठमाण्डौ जाने निर्णय भएको समेत पोखरेलले जानकारी दिए ।
नयाँभावना राष्ट्रिय दैनिकबाट

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग