Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

तुलादानको रकम विद्यालयलाई

Published on 2:16:00 AM //

 पी.एम.मगर
गुल्मीको भनभने गाविस निवासी एक व्याक्तिले आफ्नो तुलादानको रकम दिपक माध्यमिक विद्यालय भनभने गुल्मीमा छात्रवृति कोष स्थापनाका लागि प्रदान गरेका छन् ।

भनभने गाविस वार्ड नं. २ वडाचौर निवासी वावुराम पन्थीकी श्रीमति पार्वती पन्थीले तुलादानको रकम अपाङ्गता छात्रवृति कोष स्थापनाका लागि सोही गाविसमा रहेको दिपक माध्यमिक विद्यालयलाई हस्तान्तरण गर्नुभएको हो । पन्थीले एक कार्यक्रमका वीच विद्यालय व्यवस्थापन समितिका अध्यक्ष झविन्द्र घर्ति र प्रधानाध्यापक तारावहादुर राउतलाई सो रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा उहाँका छोराहरु तीर्थराज पन्थी र महेन्द्र पन्थीले मन्तव्य राख्नुभएको थियो । 

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग