Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

भार्सेली महिलाको साहस डकुमेन्ट्रिमा

Published on 2:47:00 AM //

टेक बहादुर गिरी 
ट्रोम्सो, नर्वे 

 "तिमीहरुले मार्नु नै छ भने मलाइ मार, तर म मेरो पुर्ख्यौली थात थलो छोड्न सक्दिन", नेपाली डकुमेंट्री फिल्म साइलेन्सिंग द गनमा मुख्य पात्र माया पुनले ब्यक्त गरेको कुरा हो यो |
माओबादी द्वन्दको बेला आक्रान्त पश्चिम नेपालको गुल्मी स्थित भार्सेकी एक सर्वसाधारण ग्रामिण महिला पुनले तात्कालिन नेपाली सेनाका अधिकृत आफ्नो भाइलाइ माओबादीबाट जोगाउन खेलेको स्वतन्त्र र साहसिक कथालाइ सो फिल्ममा समेटिएको छ | नेपालमा भएको एकदशक लामो माओबादी द्वन्द्दको क्रममा नेपालको ग्रामिण तथा बिकट पहाडी क्षेत्रका बासिन्दाले गरेको साहसिक र शान्तिपूर्ण प्रतिरोधलाई मुख्य बिषय बस्तु बनाइ तयार गरिएको उक्त डकुमेन्ट्रीको प्रदर्शनी प्रारम्भ गरिएको छ | नर्वेको ट्रोम्सोमा चलिरहेको अन्तरराष्ट्रिय चलचित्र महोत्सवको अबसरमा बुधबार सयौँ दर्शक माझ प्रदर्शनी प्रारम्भ गरिएको हो | सो डकुमेन्ट्रीको निर्माण नर्वेस्थित शान्ति  अध्ययन केन्द्र र नेपालस्थित गैर सरकारी संस्था आइडिया, नेपालले संयुक्त रुपमा गरेका हुन | फिल्म निर्माताहरुले माओबादी द्वन्दकालमा भार्से गाऊमा कुनै पनि भौतिक क्षति नभएको र हिंसा रहित नमूना गाउँ रहेको दाबी गरेका छन |सेनामा जागिर खाएकै कारण माओबादीको तारो बन्न पुगेका पुनका कारण उनकी वृद्धा दिदी मायाले अनाहकमा माओबादीबाट भोग्नु परेको पिडा , आतंक, दबाब र उनले गरेको साहसपूर्ण प्रतिरोधले सो फिल्ममा दर्शकको मन छुन्छ | पुस्तौ देखि भार्सेका खास गरि मगर समुदायले सेनामा भर्ती भै देश विदेश गएर कमाएको ख्याती, स्थानीय बिकास निर्माणमा उनीहरुको पुस्तौदेखीको सक्रिय सहभागिता, सास्कृतिक तथा सामाजिक सद्भाव , इमान्दारिता , सन्तुलित ब्यबहार , कसैको सत्रु कोहि पनि छैन भन्ने भावनाले सो गाऊ लाइ हिँसा रहित गाऊ बनाउनु सकिएको हो ‘फिल्मको प्रदर्सनी पछी मुख्य पात्र पुनले भने | सो फिल्म प्रदर्शनी पछी आयोजित समिक्षा कार्यक्रममा टिप्पणी गर्दै प्रोफेसर पुरुषोत्तम बस्नेतले नेपालको दिगो शान्ति र बिकास  प्रक्रियामा स्थानीय तह को सकारात्मक भूमिका रहेको बताउदै नेपालको आर्थिक , शैक्षिक बिकास र सामाजिक जागरण बाट भविष्य प्रति आशाबादी   हुन सकिने बताए |सेन्टर कि निर्देशक  तथा फिल्म निर्मात्री डा.थुने ब्लेईले शान्ति प्रक्रियाको नया चरणमा रहेका आम नेपालीका  लागि बारसे गाऊको  सामाजिक पुन एकीकरणको  नमुना लाइ प्रोत्साहित गर्न आफुले उक्त बिषय बस्तु रोजेको बताइन |नेपालको दिगो शान्ति र बिकासका लागि स्थानीय स्तरमा भए गरिएका उल्लेखनीय सकारात्मक कार्यलाइ बाहिर ल्याउनु सके लामो द्वन्दको प्रभावबाट उन्मुक्ति पाउन सकिनेछ उनले भनिन् | 

नर्वेजियन नोबेल शान्ति कमिटिका पुर्व अध्यक्ष प्रो. डा.उले डी.म्योसले पिस सेन्टरले पहिलो पटक उक्त फिल्म निर्माण गरेको बताउदै नेपालको दिगो शान्ति का लागि स्थानीय स्तर मा गरिएको प्रयासको प्रशंसा गरे | सो फिल्म प्रदर्शनीमा प्रोफेसर थ्रोंड वागे ,भारतीय फिल्म निर्देशक द्वय ऋतु सारिन र तेन्जिंग सोनाम र निराजन थापाले टिप्पणी गरेका थिए | झन्डै २ वर्ष लगाएर निर्माण गरिएको ३० मिनेट लामो फिल्मको नेपाली संस्करण छिटै प्रदर्शनी गरिने बताइएको छ | फिल्मको निर्देशक केदार शर्मा रहेका छन् | 

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग