Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मृतकका परिवारजनलाई नगद सहयोग

Published on 11:10:00 PM //

 पी.एम.मगर
लघु वित्त कार्यक्रम अन्तर्गत जिवन तथा आवसीय सुरक्षा कार्यक्रम अन्तर्गत गुल्मी विकास वैकले आज गुल्मीको वामी गाविसमा मृतक सदस्यको परिवारजनलाई १० हजार रुपैया रकम प्रदान गरेको छ ।

गुल्मी विकास वैंकको लघु वित्त कार्यक्रम अन्तर्गत गत मंसिर २२ गते गठन गरिएको उद्धार महिला केन्द्र विकास समिति वामीकी सदस्य सोही गाविस वार्ड नं. ५ रुक्सेका ३५ वर्षीय स्वर्गीय रिता पुनका छोरा भिमवहादुर पुनलाई १० हजार नगद रुपैया वैंकले प्रदान गरेको हो । वैंकका प्रमुख कार्यकारी अधिकृत चिरञ्जीवि शर्माले उक्त रकम हस्तान्तरण गर्नुभएको हो । कार्यक्रममा बैँकका डिभिजन शाखा प्रवन्धक कुलराज सापकोटा लगायत वैंकका कर्मचारी, मृतकका आफन्तजन लगायतको उपस्थिति रहेको थियो । पुनको पौष २५ गते ट्याक्टर दुर्घटनामा मृत्यु भएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग