Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सवको प्रभावकारीताका लागि अन्तरकृया कार्यक्रम

Published on 12:12:00 AM //

पी.एम.मगर

फाल्गुण १९, २० र २१ गते हुन गईरहेको प्रथम पर्यटन तथा साँस्कृतिक महोत्सव २०६७ लाई कसरी सफल पार्न सकिन्छ भन्ने संवन्धमा गुल्मी क्षेत्र नं. १ को ठुलोलुम्पेक र रिडी वजारमा बिहीवार अन्तरकृया कार्यक्रम सम्पन्न भएको छ ।

प्रथम गुल्मी पर्यटन तथा साँस्कृतिक महोत्सवको महत्व र हाम्रो भुमिका विषयक अन्तरकृया कार्यक्रमका वारेमा आयोजक संस्था समाज विकास पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल गुल्मी र पर्यटन तथा नागरिक उड्यन मन्त्रालय पर्यटन वोर्डको टोलीले रुरु क्षेत्र र ठुलो लुम्पेक तथा सत्यवती क्षेत्रको पर्यटन विकासको संभावना अध्ययन समेत गरेको छ । टोलीले रुरु, रुद्रवेणी अस्लेवा हुँदै ठुलोलुम्पेकको मुलवाटो परापुर्व कालदेखि मुक्तिनाथ दर्शनार्थी हिड्ने वाटो हुँदाहुँदै पनि ओझेलमा परेको भन्दै यसलाई पनि पर्यटन विकासको मुलधारमा ल्याउनुपर्ने वताएका छन् । पर्यटन वोर्डका पर्यटन सम्पदा अधिकृत सुर्य थपलिया र महोत्सव मुल समारोह समितिका अध्यक्ष अशोक थापा, पत्रकार तथा सञ्चारकर्मीहरु लगायतको टोलीले ती क्षेत्रको स्थलगत अध्ययन गरी रुरु रेसुङ्गाको नाम लिएर मात्रै गुल्मीको पर्यटन विकास र महोत्सव सफल पार्न नसकिने निष्कर्ष निकाल्दै त्यस क्षेत्रलाई महोत्सवमा सहभागी वनाउने र प्रचार प्रसारवाट पर्यटकीय क्षेत्रको विकास गर्ने अवधारण वनाईएको छ ।
कार्यक्रममा सत्यवती संरक्षण तथा पर्यटन प्रवद्र्धन नेपाल ठुलोलुम्पेक गुल्मी साफ्टेकका अध्यक्ष जितु तरामु मगर, उपाध्यक्ष प्रगति राना मगर, महासचिव खिमलाल राहाडी मगर, सचिव नारायण पाण्डे, धर्मपुर माविका प्रधानाध्यापक लोकवहादुर राना, शिक्षक वलवहादुर राहाडी मगर, हचिङ्गकोट सामुदायिक विद्युतीकरण उपभोक्ता समितिका अमरसिँह सिँजापति लगायतका स्थानीय समाजसेवीहरुले ठुलोलुम्पेकको ऐतिहाँसिक हचिङ्गकोट, खड्गदेवी र सत्यवती जस्तो भुमिलाई ओझेलमा पारेको गुनासो गरेका छन् । पर्यटन वोर्डका पर्यटन सम्पदा अधिकृत सुर्य थपलियाको प्रमुख आथिथ्यतामा सम्पन्न कार्यक्रममा महोत्सव मुल समारोहका सदस्य वुद्धि जिसी, सरोकारवाला व्याक्तिहरु तथा सञ्चारकर्मी पत्रकारहरुको पनि सहभागीता रहेको थियो । समाज विकास पर्यटन प्रवद्र्धन तथा वातावरण संरक्षण केन्द्र नेपाल गुल्मीका अध्यक्ष अशोक थापाको सभापत्वि तथा सचिव शंकर कुवँरको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग