Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

पत्रकार माथी कुटपिट

Published on 2:17:00 PM //

रेडियो गुल्मी
हिजो गुल्मीको सदरमुकाम तम्घासबाट आफ्नो घर जाने क्रममा प्रेस चौतारी गुल्मीका सदस्य क्रृषि भुषाल कुटपिटमा पर्नुभएको छ ।
उहाँ चढ्नुभएको  लु १ ज २०१५ नम्बरका जिप चालक प्रेम नेपाली सहित दूई जना पुर्कोदहको डुल्लीघाटमा कुटपिटमा पर्नुभएको हो । हिजो साँझ गुल्मीको बाँझकटेरी जाने क्रममा लु १ ज १७५१ नम्बर जिपका मालिक कृष्ण भण्डारी, लु १ ज २०२९ नम्बरका जपि मालिक लोक बहादुर खबास र स्थानीय युवाहरुको समुहले बिच बाटोमा गाडी रोकी कुटपिट गरेका हुन् । कुटपिटबाट पत्रकार भुषाल र चालक नेपाली गम्भिर घाइते हुनुभएको छ । घटना पश्चात इलाका प्रहरी कार्यलय पुर्कोटदहमा खबर गर्दा प्रहरी कार्यलयका सई धर्मगत भण्डारीले उल्टै कुटपिटमा साथ दिएको पत्रकार भुषाल र चालक नेपालीको आरोप रहेको छ । घटनाको बिषयमा छानबिन भइरहेको इलाका प्रहरी कार्यलय पुर्कोटदहले जनाएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग