Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

मजदुर संघ गुल्मीको अधिवेशन सम्पन्न

Published on 5:54:00 PM //

जनार्दन घिमिरे
नेपाल यातायात मजदुर संघ गुल्मीको प्रथम जिल्ला अधिवेशन आज गुल्मीको सदरमुकाम तम्घासमा सम्पन्न भएको छ ।
नेपाली काँग्रेस महासमिति सदस्य भुवन प्रसाद श्रेष्ठको सभापतित्व र पश्चिमाञ्चल क्षेत्रीय सचिव किशोर क्षेत्रीको प्रमुख आतिथ्यमा सम्पन्न उक्त अधिवेशनमा नेपाल पत्रकार महासंघ गुल्मीका अध्यक्ष एवं रेडियो रेसुङ्गाका कार्यकारी निर्देशक जनार्दन घिमिरे, नेपाल यातायात मजदुर संघ अर्घाखाँचीका अध्यक्ष आत्म सिंङ घर्तिमगर,गुल्मी जिप व्यवसायी समितका कोषाध्यक्ष रमेश श्रीस, गुल्मी जिप व्यवसायी समितिका पूर्व सचिव रामवहादुर केसी, लगायतले प्रथम अधिवेशनको सफलताको लागि शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा प्रमुख अतिथी क्षेत्रीले नेपाल यातायात मजदुर संघ,नेपाल ट्रेड युनियन काँग्रेस एवं नेपाल तथा ईन्टरनेशनल ट्रान्सपोर्ट वर्कस फेडेरेसन, वेलायतसँग आवद्ध रहेको हुँदा मजदुरहरको हकहितकालागि संघले गुल्मी जिल्लामा पहिलोपटक नेपाल यातायात मजदुर संघको गठन गरेको वताउनु भएको थियो । प्रथम जिल्ला अधिवेशनको वन्दसत्रले गुल्मी जिप व्यवसायी समितिका पूर्व सचिव रामवहादुर केसीको अध्यक्षतामा सर्वसम्मत रुपमा ११ सदश्यीय नयाँ नेतृत्वको चयन गरेको छ । जसको उपाध्यक्षमा रमेश श्रीस, सचिवमा भिमसेन थापा, कोषाध्यक्षमा जीवलाल पन्थी रहनु भएको छ भने अन्य सदश्यहरुमा महेशकुमार राजभण्डारी, कृष्ण घर्ति,दिलीप कुमार राकस,ढगवहादुर थापा(रामु),तारा वहादुर श्रेष्ठ, डोलवहादुर कुँवर र किरण कुँवर रहनु भएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग