Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

शैक्षिक गुणस्तर वृद्धिमा कटिवद्ध बन: जिशिअ

Published on 5:29:00 AM //

 पी.एम.मगर
जिल्ला शिक्षा अधिकारी चन्द्रकान्त भुसालले गुल्मी जिल्लाको शैक्षिक गुणस्तर वृद्धिका लागि कटिवद्ध भएर लाग्ने प्रतिवद्धता साथ आफु मातहतका शैक्षिक संस्थाहरुलाई निर्देशन समेत दिनुभएको छ ।
नजिकिँदै गरेको कक्षा १० को सेन्ट अप परीक्षालाई मर्यादित रुपमा सञ्चालन गर्ने लगायतका विषयमा आज सदरमुकाम तमघासमा आयोजित अन्तरकृया कार्यक्रममा वोल्दै उहाँले यस्तो निर्देशन दिनुभएको हो । मावि तथा उच्च मावि स्तरका प्रध्यानाध्यापक, प्राचार्य एवं श्रोत व्याक्ति र विद्यालय निरीक्षकहरु वीच भएको अन्तरकृया कार्यक्रममा जिल्ला शिक्षा अधिकारी भुसालले विगतका कमी कमजोरीहरुलाई सुल्झ्याउँदै शैक्षिक गुणस्तरताको लागि जिल्ला शिक्षा कार्यालय एक कदम पनि पछाडी नहट्ने वताउँदै सोही अनुसार सवै विद्यालयहरुलाई अगाडी वढ्न वढाउन निर्देशन दिनुभएको छ । कार्यक्रममा वोल्दै उहाँले आउँदो सेन्टअप परीक्षालाई मर्यादित वनाउन सवै पक्षलाई आग्रह समेत गर्नुभएको छ । साथै उहाँले शिक्षा नियमावली अनुसार अवदेखि प्रतयेक विद्यालयले हरेक शुक्रवार १ वजेसम्म नियमित कक्षा सञ्चालन गरेपछि अपरान्ह ४ वजेसम्म अतिरिक्त क्रियाकलाप सञ्चालन गर्न निर्देशन दिनुभएको छ । उहाँले विद्यालयमा कतिपय शिक्षकहरु समयमा उपस्थित नहुने गरेको तथ्यलाई ध्यानमा राखी आगामी दिनमा विहान १० वजे विद्यालयमा उपस्थित हुनुपर्ने शिक्षक १५ मिनेट पछाडी आए पनि जिल्ला शिक्षा कार्यालयका जुनसुकै प्रतिनिधी वा श्रोत व्याक्तिले हाजिरी रद्ध गरिदिने चेतावनी समेत दिनुभएको छ ।
कार्यक्रममा सहभागी प्रधानाध्यापक, प्राचार्य, श्रोत व्याक्ति र विद्यालय निरीक्षकहरुले राखेका विभिन्न जिज्ञासा, सुझावहरुलाई समेटेर जिल्ला शिक्षा अधिकारीले कमी कमजोरीलाई सुधार गर्दै  लैजाने वताउनुभएको थियो । करीव २ सय भन्दा वढीको सहभागीता रहेको उक्त कार्यक्रमको सञ्चालन जिल्ला शिक्षा कार्यालयका शाखा अधिकृत हरीलाल अर्यालले गर्नुभएको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग