Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वालवालिकालाई वाल श्रमिकको रुपमा नलगाउन आग्रह

Published on 9:57:00 PM //

 पी.एम.मगर
जिल्ला वाल कल्याण समिति गुल्मीले गुल्मी जिल्लामा वालवालीकाहरुलाई वालश्रमीकका रुपमा काममा नलगाउन आग्रह गरेको छ ।

जिल्ला वाल कल्याण समिति गुल्मीका अध्यक्ष नन्दराम भुसालको अध्यक्षतामा आज वसेको वैठकले उक्त आग्रह गरेको हो । वैठकले ससाना वालवालीकाहरुलाई वाल श्रमीकको रुपमा काममा लगाउदा उनीहरुको वाल अधिकार हनन् हुने भन्दै त्यस्ता वालवालीकाहरुलाई विद्यालय पठाउन र अभिभावकहरु जिम्मेवार वन्न समेत आग्रह गरिएको छ । वैठकले जनहितकालागि वालश्रमलाई निरुत्साहीत गर्नको लागि रेडियो रेसुङ्गा र जिल्ला वाल कल्याण समिति गुल्मीको सहकार्यमा वालश्रम निरुत्साहित गर्नको लागि सन्देश मूलक रेडियो सामग्रि समेत प्रशारण गर्ने निर्णय गरेको छ । समितिले चाँडै नै सदरमुकाम तम्घास लगायत गुल्मी जिल्ला भित्रका वालसञ्जालहरुलाई भेला गरि तम्घासमा एकदिने कार्याशाला गोष्ठिको आयोजना गर्ने समितिका अध्यक्ष नन्दराम भुसालले वताउनु भयो । वैठकमा दानवहादुर केसी, विष्णुप्रसाद पन्थी, जनार्दन घिमिरे, गणेश विश्वकर्मा, अमृता कुँवर, सिता पोख्रेल, उमानाथ पन्थी लगायतको सहभागिता रहेको थियो ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग