Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

वावुको मृगौलाले काम नगरेपछि छोरीहरु विचल्लीमा

Published on 10:30:00 PM //

 पी.एम.मगर
दुवै मृगौलाले काम गर्न छाडेपछि उपचारको अभावमा गुल्मी सिमीचौरका एक युवा सहित उनका तीन छोरी विचल्लीमा परेका छन् ।

सिमीचौर गाविस वार्ड नं. २ का कृष्णवहादुर वस्नेतका दुवै मृगौलाले काम गर्न छाडेका छन् । आर्थिक अभावका कारण उपचार गराउन नसकेपछि उहाँकी श्रीमतिले समेत छाडेकाले उहाँका १३, ९ र ६ वर्षीया छोरी विचल्लीमा परेका हुन् । एक वर्ष अगाडी कृष्णले काठमाण्डौको जोरपाटी स्थित नेपाल मेडिकल कलेजमा दुवै मृगौलाको अप्रेशन गरी पत्थरी निकाल्नु भएको थियो । उहाँको अप्रेशन र उपचार खर्चमा करीव ८ लाख खर्च लागेको छ । अप्रेशन गरेको १० महिनामै दुवै मृगौलाले काम गर्न छाडेपछि आमाको मृगौला प्रत्यारोपण गर्न खोज्दा समुह नमिलेपछि थप समस्याको स्थिति सृजना भएको छ ।
अस्पतालले कृष्णलाई वि पोजेटिभ समुहको मृगौला आवश्यक पर्ने वताएको कृष्णका वावु देववहादुर वस्नेतले वताउनुभएको छ । छोरा कृष्णको केही गर्न नसक्ने स्थिति भएपछि छोरा र नातिनीहरुको भविष्य अन्धकार हुने भएकाले वस्नेतले मृगौला दान गर्न कोही इच्छुक भए सहयोग गरेर छोराको जीवन वचाई दिन आग्रह समेत गर्नुभएको छ । तीन नातिनी र छोरा कृष्णको जीवन रक्षाका लागि सहयोग गर्न इच्छुक भए सदरमुकाम तमघासमा रहेको एसवीआई वैँकमा रहेको खाता नं. ००२०९१५४०७००३५ मा आफुले सक्दो रकम सहयोग गर्न सवैमा अनुरोध गर्नुभएको छ ।

Tags:

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग