Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

डेढ लाख नगद चोरी

Published on 2:26:00 PM //

जनार्दन घिमिरे
गुल्मीको हस्तीचौर गाविसमा गएराती एक पसलमा करिव डेढ लाख रुपैयाँ नगद चोरी भएको छ ।
हस्तीचौर गाविस ६ ताल्तुङ्ग निवासी डिल्लीराज पन्थीको किराना पसलवाट उक्त र कम चोरी भएको हो । राती करिव ९ वजेको समयमा अनुहारमा नकाव लगाएको एक समुहले पसलमा रहेको नगद एक लाख पचास हजार रुपैयाँ लुटेर लगेको पिडीत पन्थीले वताउनुभएको छ । चोरी गरेर भाग्ने क्रममा लक्ष्मण केसी र राजेश वोहोरालाई स्थानीयवासीले नियन्त्रणमा लिएको र अन्य समुहले आक्रमण गर्ने डरले उनीहरुलाई राती नै छाडिदिएको उहाँले वताउनुभयो । घटनावारे थप अनुसन्धानका लागि धनार्जीवाट प्रहरीटोलि घटनास्थलतर्फ जाँदै गरेको जिल्ला प्रहरी कार्यलय गुल्मीले जानकारी दिएको छ ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग