Gulminews.com

....गुल्मी चिहाउने एउटा सानो झ्याल

महोत्सब तैयारी तिब्र

Published on 5:22:00 PM //

घनश्याम गौतम 
पर्यटन वर्षको अवसर पारेर जिल्लाका पर्यटकीयस्थलको पहिचान, प्रवर्द्धन र संस्कृति संरक्षणका लागि गर्न लागिएको पर्यटन महोत्सवको तयारी तीव्र पारिएको छ ।
समाज विकास, पर्यटन प्रवर्द्धन तथा वातावरण संरक्षण केन्द्र, नेपालले फागुन १९ देखि २१ सम्म तम्घासमा गर्न लागेको पर्यटन प्रवर्द्धन तथा सांस्कृतिक महोत्सवको प्रचारप्रसारसँगै तयारी तीव्र पारिएको हो ।

ठूलोलुम्पेक, तम्घास, सिमलटारी र रिडीमा अन्तर्त्रिmया गरेर त्यस क्षेत्रका धार्मिक, पर्यटकीयस्थलहरूको पहिचान, संस्कृतिको संरक्षण र विकासका लागि विवरण संकलन गरिएको संस्थाका अध्यक्ष अशोक थापाले बताए । थापाका अनुसार तीन दिनसम्म चल्ने महोत्सवमा जिल्लाको ऐतिहासिक, प्राकृतिक, पुरातात्त्विक र धार्मिक क्षेत्रहरूको प्रचारप्रसार महत्त्वको बारेमा जानकारी गराइनेछ । 

महोत्सवमा जातीय पहिचानका भेषभूषा, स्थानीय उत्पादन, यहाँका जैविक विविधताको पहिचान एवं संरक्षण, सांस्कृतिक कार्यक्रम लगायत पनि प्रदर्शन हुने संस्थाले जनाएको छ । गैरसरकारी संस्थाले पर्यटन महोत्सव आयोजना गरे पनि यहाँका अन्य कसैले पर्यटन वर्षको अवसरमा अहिलेसम्म कुनै कार्यक्रम गरेका छैनन् ।

भिडियो समाचार
लोक दोहोरी
गफगाफ सेलिब्रेटिसँग